Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

एसईई परीक्षा पुरानै शैलीमा गर्ने सरकारको निर्णय

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ५३७ पटक पढिएको
एसईई परीक्षा पुरानै शैलीमा गर्ने सरकारको निर्णय

माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरानै शैलीमा गर्ने सरकारले निर्णय गरेको छ। सोमबार बसेको मन्‍त्रिपरिषद बैठकले एसईई परीक्षा साविककै शैलीमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चारमन्‍त्री पार्वत गुरूङले जानकारी दिए।

मन्‍त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्‍त्री गुरूङले माध्यमिक शिक्षा कक्षा १० को एसईई परीक्षा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम सञ्‍चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणिकरण गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको बताए।

कोरोना महामारीका कारण गतवर्षको परीक्षा भने आन्तरिक मूल्यांकनको आधारमा गरिएको थियो। यो वर्षको परीक्षा भने विगतमा गरिदैं आएको शैलीमा हुनेछ।

“विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्‍चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्‍यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्‍चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने छ। शैक्षिक सत्र एवं विद्यालय शिक्षा सबै तह र कक्षाका विद्यार्थीहरूलाई स्थानान्तरण सम्बन्धमा शिक्षा नियमावली, २०५९ मा तत् सम्बन्ध आवश्यक व्यवस्था गरिएको छ,” मन्‍त्री गुरूङले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्‍त्रालयको सिफारिसमा माघ २६ गते बसेको मन्‍त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। त्यस्तै शिक्षा (नवौ संशोधन) नियमावली २०७० स्वीकृति गर्ने निर्णयसमेत गरेको मन्‍त्री गुरूङले बताए।

मन्‍त्रिपरिषदले परीक्षा कसरी गर्ने भन्‍ने निर्णय नगर्दा एसईई परीक्षाको काम अगाडि बढ्न सकेको थिएन्। बोर्डले शिक्षा मन्‍त्रालयमार्फत कुन आधारमा परीक्षा गर्ने भनेर सरकारको निर्णय मागेको थियो। मन्‍त्रिपरिषदले निर्णय गरेसँगै एसईई परीक्षा गर्ने बाटो खुलेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल