- Loading...
अप्रत्यासितरूपमा बढेको खानेतेलको मूल्य घटाउन उद्योगी सहमत
- पुनहिल डट कम
- ४ साल अघि
- ५१८ पटक पढिएको

लकडाउन सकिएलगत्तै निरन्तर उकालो लाग्दै अचाक्लि मूल्यवृद्धि भएको खानेतेलको मूल्य घटाउन उद्योगी सहमत भएका छन्। तीन महिनाको अन्तरालमा प्रतिलिटर ६० रुपैयाँसम्म बढेको तेलको मूल्य घटाउन उद्योगी सहमत भएका हुन्।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागमा भएको सहमतीअनुसार उद्योगीहरू तेलको मूल्य घटाउन तयार भएको बताए। उनले भने, “तेलको मूल्य बढेको भनेर गुणासो आउनसाथ हामी बजार अनुगमनमा निस्कियौं।”
यद्यपी, विभागले विगतका दिनहरूमा गुणासो आउनसाथ खुद्रा व्यापारीलाई कारबाही गर्थ्यो। यसपटक भने खुद्रा व्यापारीलाई नभई उद्योगीलाई नै कारबाही गर्यो।
जसकारण, उद्योगीहरुसँग नै विभाग सिधा/सिधा जोडिएको सुवेदीले बताए। यसक्रममा विभागले आधा दर्जन उद्योगमा अनुगमन नै गर्यो। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले वाणिज्य विभाग र उद्योगीबीच खानेतेलको मूल्य फिर्ता लिने सहमती भएको जानकारी दिए।
कति बढ्यो मूल्य ?
नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनाको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्मले बढेको छ। संघले दिएको जानकारीअनुसार अहिलेको अवस्थामा तोरीको तेलको मूल्य सबैभन्दा बढी छ।
तोरीको तेलको मूल्य प्रतिलिटर २६० देखि २८० रुपैयाँसम्म पुगेको संघले बताएको छ। यसैगरी, सूर्यमूखी तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँसम्म पुगेको छ। अहिलेको सबैभन्दा सस्तोमा पाइने भनेको भटमासको तेल हो। जसको मूल्य प्रतिलिटर २३० रुपैयाँसम्म पुगेको संघले बताएको छ।
किन बढ्यो मूल्य ?
नेपालले खाने तेलको कच्चा पदार्थ (सूर्यमुखी, तोरी र भटमास) दक्षिण अमेरिकी मुलुक अर्जेन्टीना र ब्राजिलबाट ल्याउँछ। नेपालका तेल उत्पादक उद्योगहरुले ती देशबाट ल्याएको कच्चा पदार्थ प्रशोधन गरेर तेल बनाउँदै आएका छन्।
लकडाउनपछि खुलेको अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरूले अचानक ढुवानी मूल्य बढाएपछि तेलको मूल्य बढाउनु परेको उद्योगीहरुले बताएका छन्। उनीहरूले विभागलाई दिएको जानकारीअनुसार यससँगै अर्जेन्टिना र ब्राजिलका बन्दरगाहमा काम गर्ने कामदारहरूको ज्याला बढ्दासमेत कच्चा पदार्थको मूल्य बढेको थियो। जसकारण उत्पादित तेलको मूल्यको लागत बढेको उद्योगीहरूले सरकारी अनुगमन निकायलाई जानकारी दिएका छन्।
तर, पछिल्लो समय सिपिङ कम्पनीको ढुवानी भाडा र दक्षिण अमेरिकी मुलुकका बन्दरगाहका कामदारको ज्यालामा केही कमी आएकाले मूल्य घट्ने विभागले बताएको छ। विभागका प्रवक्ता शिवराज सुवेदीले अन्तर्राष्ट्रिय बजारमा ढुवानी र कामदारको मूल्य घट्दा नेपालका उद्योगहरूले पनि मूल्य घटाउन सहमत भएको बताए।
विभागमा उद्योगीहरूले जनाएको सहमतीअनुसार अबको एक महिना भित्रमा मूल्य घट्ने बताए। घटेको मूल्यमा ल्याएको कच्चा पदार्थबाट तेल उत्पादन गरेर बजारमा आइपुग्दा उक्त समय लाग्छ। सोहीकारण एक महिना लाग्ने उद्योगीहरूले बताएका छन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
