- Loading...
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- ३४० पटक पढिएको

द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको महाबु गाउँपालिका–६ का ६८ वर्षीया जयबहादुर शाही रहेका प्रहरीले जनाएको छ। उनलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्वपक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका र बाँकी सजाय दिलाउन कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जनाए।
शाहीले १ वर्ष ७ महिना १ दिन कैद भुत्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई फरार थिए।
द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका उनलाई साबिकको द्धारी गाविस–१ हालको नोमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो।
उनलाई नौमुलेबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर हत्या गरेका थियो। निर्मम तवरले मारिएका पत्रकार थापाको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।
माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
