- Loading...
बिहारमा १२ वर्षिया नेपाली मुलकी बालिकाको सामूहिक बलात्कारपछि हत्या
- पुनहिल डट कम
- ४ साल अघि
- ३७५ पटक पढिएको

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली मुलकी बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको छ । १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरी शव जलाइएको बीबीसी हिन्दीले लेखेको छ ।
बीबीसीका अनुसार उक्त घटनामा त्यहाँको स्थानिय पुलिसको पनि मिलेमतो रहेको आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धान र एक अडियोले उक्त घटनामा स्थानिय थानाका थानाध्यक्षको पनि संलग्नता रहेको संके गरेको छ । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए ।
नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदूरी गर्दै आएका सुरेश (परिवर्तित नाम) का अनुसार यो घटना २१ जनवरीको हो । उनका अनुसार त्यस दिन आफू काममा गएको छोरा बजार गएका थिए ।
बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले रोकेको तर उनी घर पुग्दा आफ्नी बहिनीलाई घाइते अवस्थामा भुईंमा लडिरहेको देखेर आफूलाई फोन गरेर बोलाएको सुरेशले निवेदनमा बताएका छन् ।
उनले घर पुगेर हेर्दा छोरी जमिनमै लडिरहेकी र उसको घाँटीमा रातो दाग रहेको बताए । तत्काल उपाचारका लागि डाक्टरकहाँ पुर्याए पन कसैले पनि उपचार गर्न नमानेको सुरेशले पूर्वी चम्पारणका अनुमण्डल अधिकारीलाई दिएको लिखित निवेदनमा उल्लेख गरेका छन् ।
सुरेशका अनुसार त्यसपछि त्यहाँ अभियुक्तका मानिसहरु जम्मा भएका थिए । उनीहरुले लाशलाई तुरुन्तै जलाउन दबाब दिन थाले । सुरेशले निवेदनमा भनेका छन्, ‘देवेन्द्रकुमार साहले लाश तुरुन्त जलाउन धम्की दिंदै भने कि अन्यथा तेरो छोराको पनि हत्या गरेर नेपालमा लगी फ्याँकिदिनेछु । त्यसपछि एउटा सादा कागजमा मेरो औंठा छाप लगाइयो र राति १२ बजे बलजफ्ती पोखर रोडमा सडकको किनारमा नून र चिनी हालेर लाश जलाइयो । बिहान भएपछि मलाई नेपालतर्फ लखेटियो ।
२१ जनवरीमा घटना भएपनि एपआईआर भने १२ दिनपछि २ फेब्रअरीमा दर्ता भएको थियो । एफआईआरमा विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहसहित ११ जनालाई अभियुक्त बनाइएको छ । यस्तै घरमालिक सियाराम शाहमाथि पनि लाशलाई जबरजस्ती जलाएर प्रमाण मेटाएको आरोप लागेको छ ।
एफआईआर दर्ता भएपछि गत ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भएको थियो । उक्त अडियोमा २१ जनवरीमा कुँडवा चैनपुरका थानाध्यक्ष संजीवकुमार रञ्जन र एक अभियुक्त रमेश साहबीचको कुराकानी रहेको छ । उक्त अडियोमा थानाध्यक्ष संजीवकुमारले अभियुक्त रमेश साहसँग भनेका छन्, ‘केटीलाई ठेगान लगाउ र चिसोले मरेकी भनेर लेख ।’
एसपी झाका अनुसार यो घटनामा दुई जनालाई गिरफ्तार गरिएको छ । अन्य अभियुक्तलाई गिरफ्तार गर्न एउटा कमिटी निर्माण गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
