FLASH NEWS
  • Loading...

बेनीको आठौं नगरसभाले संशोधित बजेट तथा वातावरण विधेयक पारित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८० पटक पढिएको
बेनीको आठौं नगरसभाले संशोधित बजेट तथा वातावरण विधेयक पारित

बेनी नगरपालिकाको आईतवार सम्मपन्न आठौं नगरसभा (हिउँदे अधिवेशन) संसोधित बजेट तथा एउटा विधेयक पारितगरी केही घन्टामै सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित ८ औं नगरसभामा बेनी नगरपालिकाकी नगर उपप्रमुख सञ्जु वरुवालले नगरपालिकाको संचित कोषमा अल्यागरी बाँकी रहेको २ करोड ७८ लाख ८८ हजार ४ सय ७० रुपैयाँ समावेश गरेको प्रस्तुत गरेको संसोधित बजेट अनुमोदन गरेको छ । संसोधित बजेट यस अघि नै नगरकार्यपालिकाको बैठकबाट विभिन्न शिर्षकमा खर्च भैसकेको पनि नगरपालिकाले जनाएको छ ।
त्यसैगरी नगर सभाले वन तथा वातावरण समितिले प्रस्तुत गरेको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्ध ब्यवस्थापन गर्न बनेको विधयक–०७७ पनि पास गरेको छ ।


नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले चालु आवमा नगरपालिकाले कार्यान्वयन गरेका निती, कार्याक्रमका वारेमा लिखित मन्तब्य राखेका थिए । प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरसभामा चालु आवमा बजेट कार्यान्वयनको अवस्था, नगरपालिकाको कर्मचारी ब्यवस्थापन समेतका विषयमा नगरसभा सदस्यलाई जानकारी गराएका थिए ।