म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल

२५ माघ २०७७, आईतवार ०६:०० मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

नीजि क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल चयन भएका छन ।  शनिबार बेनीमा सम्पन्न संघको ११ औं अधिबेशनबाट कटुवाल अध्यक्षमा चयन भएका हुन ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्धितिय उपाध्यक्षमा लिलाराम गौतम महासचिवमा अमित बानियाँ, कोषाध्यक्ष सुबर्ण रिजाल,सचिवमा सुमन श्रेष्ठ र सहकोषाध्यक्ष नारायण जिसी सर्वसम्मत चयन भएका छन ।

संघको नेतृत्व अध्यक्ष, प्रथम र द्धितिय उपाध्यक्ष र सह कोषाध्यक्ष ओली समुह, वरिष्ठ उपाध्यक्ष, महाँसचिव र सचिव काँग्रेस र कोषाध्यक्षमा प्रचण्ड समुहबाट रहनेगरी सर्वसम्मत भएको हो । त्यसैगरी सहसचिवमा ६ जना आकांक्षीविच गोला प्रथाबाट ओली समुहकै बाबुराम आचार्य चयन भएका छन ।