FLASH NEWS
  • Loading...

आफ्नै दलको किचलोले सरकार स्थिर नहुनु दुर्भाग्यपूर्ण–अध्यक्ष तिमिल्सिना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९८ पटक पढिएको
आफ्नै दलको किचलोले सरकार स्थिर नहुनु दुर्भाग्यपूर्ण–अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जनताको राजनैतिक स्थायित्वको चाहना विपरित जहिल्यै प्रतिपक्षको कारणले नभै पार्टीका आन्तिरिक किचलोले सरकार अस्थिर भैरहनु दुभाग्यपूर्ण भएको र बताएका छन ।
‘०४६ सालमा संसारकै राम्रो संविधान बनायौं । स्थिर सरकार कहिल्यै बनेन । दोस्रो जनआन्दोलनबाट राजतन्त्र हटायौं, गणतन्त्र ल्यायौं । संसारको उत्कृष्ट संविधान मार्फत झण्डै दुई तिहाईको सरकार बनायौं तर दुभाग्य स्थिरता आएन’ म्याग्दी उद्योग वाणिज्य संघको ११ औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष तिमिल्सिनाले भने, ‘एमालेमा हुँदा ओली लाईनमा थिएँ हुँला अहिले साझा जिम्मेवारीमा छु । नेकपा हुनै पाईन । साझ मञ्चमा मात्र जान्छु, तटस्थ रहन्छु ।’ अध्यक्ष तिमिल्सिनाले प्रतिनिधी सभाका सभामुख तर्फ कटाक्ष गर्दै थपे, ‘प्रकृयागत रुपमा टेवुलमा आएका फाईल बोकेर मुद्धामामिला गर्न अदालत पनि जान्न ।’
अध्यक्ष तिमिल्सिनाले उद्योगी ब्यापारीलाई भने, ‘राजनितीले सवै क्षेत्रको नेतृत्व गर्छ तर सवै क्षेत्रमा राजनिती मिसिनु राम्रो होईन । ब्यवसायीक हितमा लाग्नु पर्ने पेशागत संगठनहरु राजनितीले गिथोलिँदा देशको समग्र क्षेत्र कमजोर भएको छ’ उनले थपे, ‘शिक्षक, कर्मचारी, ब्यापारी सवै दल अनुसारका बन्दा प्रतिपक्षमा रहेको ब्यवसायीले पेशागत सुधारको माग गर्ने सत्ताधारी ब्यवसायीले रमिता हेर्ने गरेका छन । अन्तत: जनताले स्थिरता पाउन सकेका छैनन ।’
उद्योग र बाणिज्य दुई वटा फरक पाटो मिलेर यो संस्था बनेको उल्लेख गर्दै तिमिल्सिनालने भने, ‘बाणिज्य क्षेत्र सजिलो छ, अर्काको सामान ल्याएर बसिबसी नाफा आर्जन गरे भो तर उद्योगी बन्न मुस्किल छ । कानुनी झन्झट छ । लगानीको जोखिम छ । तर राज्यलाई दलका कार्यकर्ता होईन उद्योगी चाहिएको छ । उद्योगले मात्र देशको अर्थतन्त्र बलियो वन्छ ।’


शनिवार जिल्ला समवन्यय समितिको सभाहलमा आयोजित उद्योग वाणिज्य संघको ११ औं अधिवेशनलाई सम्बोधन गर्दै विगठित प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले राम्रो काम गर्दा गर्दैपनि आफ्नै दलका नेताहरुको सत्तालिप्सा र स्वार्थ प्रेरित भै सरकार घेरावन्दीमा पारेपछि प्रधानमन्त्रीले प्रतिनिधी सभा भंगगरी ताजा जनादेशमा जान चाहेका दावी गर्दै पूर्ववक्ताले जिल्लाकालागी केही गर्न नसकेको आरोपको पनि खण्डन गरे ।
‘धेरै हिमाल पर्नेभएकोले हिमाली जिल्ला घोषणा भयो । पहिरोग्रस्त जिल्ला भएन भनेर केही साथी रोए, आज हिमाली जिल्लाका सुविधामा पहिरो पीडितले राहत पाउँदैछन । धौलागिरी पदमार्ग, रुईसे–धौलागिरी आईसफल र अन्नपूर्ण वेस क्याम्प पदमार्ग, दग्नामको अजिङ्गर भीर फोड्ने, म्याग्दी र कालीगण्डकी नदी नियन्त्रण, धार्मिक एवं पर्यटन पदमार्गमा धेरै काम गरेको छु । गरेको कामको जस दिएर गल्ती औलाउन अनुरोध छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँ, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी समेत राजनैतिक दलका प्रतिनिधी, नगर प्रमुख समेत स्थानीय तहका प्रतिनिधी, पत्रकार महासघका अध्यक्ष समेत नागरिक संस्थाका अगुवाहरुले अधिवेशन सफलताका शुभ कामना ब्यक्त गरेका थिए ।