FLASH NEWS
  • Loading...

हाच्छिउले कत्तिको सताउँछ ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६१ पटक पढिएको
हाच्छिउले कत्तिको सताउँछ ?

हाच्छिउ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया( रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निकन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।

 

हाच्छिउ सम्बन्धी  रोचक तथ्यहरु : 

१. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।

२. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।

३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।

४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।

५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।

६. हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७. हाच्छिउ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

८. आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ ।

९. तर यदि तपाईँलाई हाच्छिउ आउला जस्तो भएको छ भने त्यसलाई भने रोक्न सकिन्छ । नाक कन्याउने, नाक र ओठको बीचको भागलाई औलाले दवाव दिने लामो स्वास लिने गर्दा हाच्छिउ रोक्न सकिन्छ ।

एजेन्सीको सहयोगमा