FLASH NEWS
  • Loading...

कालापानीसहितको नक्सा पाठ्यक्रममा आयो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३४० पटक पढिएको
कालापानीसहितको नक्सा पाठ्यक्रममा आयो

सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिए । यस अघि निवर्तमान शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले केही त्रुटी निस्किएको भन्दै उक्त पाठ्यक्रम वितरणमा रोकेका थिए । भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो।

सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। जुन कदम देशैभर स्वागत भएको थियो। योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्।