- Loading...
नेपालमा हाइड्रोजन इन्धन उत्पादन ?
- पुनहिल डट कम
- ४ साल अघि
- ३९२ पटक पढिएको

नेपालमा हाइड्रोज इन्धन उत्पादन हुने भएको छ । खेर गइरहेको बिजुली प्रयोगरी हाइड्रोजन इन्धन बनाउन लागिएको हो । नेपालका लागि हाइड्रोजन इन्धन नौलाे हो । तर यूरोप तथा अमेरिकामा यसको परीक्षण उत्पादन तथा प्रयोग सुरु भइसकेको छ ।
नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र ऊर्जा क्षेत्रमा सहकार्य गरी हालै द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपाली र निगमका तर्फबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका छन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यो सम्झौतापछि निगमले नेपालमै हाइड्रोजन इन्धन उत्पादन गरी निर्यात गर्नेसम्मको योजना बनाएको छ । हालसम्म निगमले भारतबाट इन्धन खरिद गरी स्वदेशी बजारमा बिक्री गर्दै आएको छ ।
‘विद्युत्बाट इन्धन उत्पादन गर्ने प्रविधिको विकासमा निगम र केयूबीच भएको द्विपक्षीय सम्झौता कोशेढुंगा साबित हुन्छ’, पौडेलले भने। उनका अनुसार माथिल्लो तामाकोसी लगायत जलविद्युत् परियोजनाबाट उत्पादन भएर खेर जाने विद्युत् प्रयोग गरी हाइड्रोजन इन्धन तयार पार्ने योजनालाई मूर्तरूप दिन लागिएको छ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष ५३ मेगावाटदेखि ८ सय ४० मेगावाटसम्म बिजुली खेर जाने प्रक्षेपण गरेको छ ।
बिजुली खपत गराउने ठाउँ नभएकाले खेर जाने निचोड प्राधिकरणले निकालेको छ । प्राधिकरणले यो आर्थिक वर्षमा थप ८ सय २५ मेगावाट बिजुली उत्पादन हुने तथ्यांकलाई आधार बनाएर यस्तो प्रक्षेपण गरेको हो । नेपालको विद्युत् प्रणालीमा वर्षायाममा उत्पादन धेरै हुने तर खपत थोरै हुनुका साथै निर्यातसमेत हुन नसक्दा यो परिमाणको बिजुली खेर जाने सम्भावना छ ।
सम्झौताअनुसार केयूको डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङतर्फको ग्रिन हाइड्रोजन ल्याबले निकट समयमै विद्युत् प्रयोग गरी हाइड्रोजन इन्धन उत्पादन गर्ने विषयमा डेमोस्ट्रेसन कार्यक्रम आयोजनासमेत गर्न लागेको छ । ल्याब टिम लिडर डा. विराज थापाका अनुसार यही फेबु्रअरी महिनामा इन्धन उत्पादन गर्ने सार्वजनिक कार्यक्रम आयोजना गर्न लागिएको छ । यो कार्यक्रमपछि विस्तारै उत्पादन योजनालाई कार्यान्वयनमा ल्याइने उनले बताए ।
थापाका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न करिब ५० युनिट बिजुली आवश्यक पर्छ । ‘तर, हाम्रो मुलुकमा बिजुली महँगो भएकाले तत्कालका लागि उत्पादन लागत खर्च केही महँगो पर्न जान्छ’, थापाले भने, ‘सरकारले किफायती मूल्यमा खेर जाने बिजुली उपलब्ध गराउने वातावरण बनाइदिए स्वदेशमै खपत गरी विभिन्न मुलुकमा निर्यात गर्न सक्ने गरी सस्तो मूल्यमा उत्पादन गर्न सक्छौं ।’ उनका अनुसार खेर जाने बिजुली किफायती मूल्यमा उपलब्ध भएको अवस्थामा १ किलो इन्धन ६ सय रुपैयाँमा उत्पादन गर्न सकिन्छ । इन्धनको अहिलेको मूल्यअनुसार प्रतिकिलो हाइड्रोजन इन्धन उत्पादन गर्न १ हजार ६ सय रुपैयाँसम्म लागत खर्च लाग्छ ।
नेपालमा जलविद्युत विकासले राष्ट्रिय प्राथमिकता पाएको छ । २० हजार मेगावाटभन्दा बढीका जलविद्युत आयोजना विकासको केही स्तरअन्तर्गत छन् । पूर्वानुमानित घरेलु माग उत्पादन क्षमताभन्दा कम भएलगत्तै, केही वर्षयता, नेपालको जलविद्युत क्षेत्रको स्थिरता माथिको छलफलमा अचानक वृद्धि भएको छ । हाइड्रोजनबाट रासायनिक मल उत्पादन नेपालको लागि सम्भावित व्यवसायको रूपमा विकसित हुँदैछ । जसले जलविद्युत, खाद्य सुरक्षा, स्थानीय रोजगारी, व्यापार घाटा र अन्य धेरै समस्यालाई निर्मुल गर्न योगदान पुर्याउन सक्छ ।
हाइड्रोजन इलेक्ट्रोलाइजर भनिने मेसिन प्रयोग गरेर पानीबाट प्रशोधन गरिन्छ, जसले विद्युतीय प्रवाहको प्रयोगले पानीलाई यसको घटक, हाइड्रोजन र अक्सिजनमा विभाजित गर्दछ । नवीकरणीय ऊर्जा वा कार्बन मुक्त बिजुली स्रोतको प्रयोग गरी उत्पादित ग्यासमा कार्बन फुटप्रिन्ट शून्य हुन्छ, उक्त ग्यासलाई हरित हाइड्रोजन भनिन्छ ।
जलविद्युतबाट हरित हाइड्रोजन उर्जाको उत्पादन र आपुर्ति भविष्यमा नेपालका लागि एक नवीन र सुनौलो व्यवसाय हुनसक्दछ । अहिलेको परिस्थितिमा जब सारा संसार हाइड्रोजन आधारित अर्थ व्यवस्थातर्फ लम्किदैँछ, नेपालजस्तो विकासोन्मुख देश एक्लै पछि रहन स्वभाविक हुँदैन । त्यसैले यस प्रविधिको अध्ययनका लागि नेपाली शैक्षिक संस्थाहरूमा वैज्ञानिक अन्वेषण र अनुसन्धान हुनुपर्ने आवश्यकता रहेको थापा बताउँछन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
