FLASH NEWS
  • Loading...

उत्तर कोरियाली नेता किम जोंग उनकी श्रीमती बेपत्ता !

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४४० पटक पढिएको
उत्तर कोरियाली नेता किम जोंग उनकी श्रीमती बेपत्ता !

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बेपत्ता छिन् । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् । उनी पछिल्लो पटक किम जोंग उनसँग २५ जनवरी २०२० मा प्योंगयांगमा लुनार नयाँ वर्षको कार्यक्रममा देखिएकी थिइन् । त्यो कार्यक्रममा किम आफ्नी ७४ वर्षकी आन्टी किम क्योंग ह्युइको छेउमा बसेका देखिएका थिए । उनकी काकी पनि किम जोंग उनलाई उत्तर कोरियाको सत्ता दिलाउन सहयोग गरेपछि ६ वर्षसम्म हराएकी थिइन् ।

अहिले रि सोल जू बेपत्ता भएको १ वर्षभन्दा धेरै समय भइसकेको छ तर उनको बारेमा कुनै जानकारी सार्वजनिक नहुँदा स्थानीय मिडियामा प्रश्न उठ्न थालेका छन् । डेलीस्टारको रिपोर्टअनुसार किम जोंग उनले आफ्नी श्रीमतीको हत्या गराएको हल्ला समेत चल्न थालेको छ । किम जोंग उनले यसअघि पनि विभिन्न पहुँचवाला व्यक्तिको हत्या गराएको रिपोर्ट सार्वजनिक भएको पृष्ठभूमिमा रि सोल जूको विषयमा पनि यस्तो आशंका गरिएको हो । २०१३ मा किमले आफ्नी काकी किम क्योंग ह्युइका पति जांग सांगको पनि हत्या गराएका थिए ।

उत्तर कोरियाबारे लेख्ने अखबार डेलीएनकेका अनुसार रि सोल जू बेपत्ता हुनुको कारण कोरोनाभाइरस पनि हुन सक्छ । कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका निर्देशक होंग मिन नेले पनि यो कुराको समर्थन गरेका छन् । रिपोर्टका अनुसार सार्वजनिक कार्यक्रममा सहभागी भएर रि सोल जू आफ्नो परिवारको लागि खतरा बन्न चाहँदिनन् । स्वयं किम जोंग उन पनि २०२० मा निकै कम कार्यक्रममा देखिएका छन् ।

रि सोल जूको व्यक्तिगत जीवनबारे धेरै जानकारी छैन । रिपोर्टका अनुसार उनले किम सुंग विश्वविद्यालयबाट ग्रयाजुएशन गरेकी हुन् । उनले उत्तर कोरियाको राजधानी प्योंगयांगबाट विद्यालय शिक्षा पूरा गरेपछि गायन सिक्नको लागि चीन गएकी थिइन् । रि सोल जूको एक प्रस्तुतीका क्रममा किम जोंग उनले उनलाई देखेका थिए । रि सोल जूको पारिवारिक पृष्ठभूमि प्रतिष्ठित छ । उनी कोरियल पिपुल आर्मीका पूर्व प्रमुखकी नातिनी हुन् ।

२०१२ मा स्थानीय मिडियामार्फत उनलाई किम जोंग उनकी पत्नीको रुपमा सार्वजनिक गरिएको थियो । केही रिपोर्टमा भने यी दुईले ३ वर्ष अघि २००९ मा नै बिहे गरेको दावी गरिएको थियो । रि सोल जू र किमका तीन सन्तान भएको कैयौं रिपोर्टमा दावी गरिएको छ तर उत्तर कोरियाले आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल