FLASH NEWS
  • Loading...

बर्षको पहलो हिउँदे वर्षा र हिमपात

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९९ पटक पढिएको
बर्षको पहलो हिउँदे वर्षा र हिमपात

शुक्रवार साँझदेखी जिल्लाको अधिकांश माथिल्ला वस्तीमा हिमपात भएको छ ।
शनिवार समाचार लेख्दासम्म हिमपात जारी छ । हिमपातले सडक तथा पदमार्ग बन्दहुँदा माथिल्लो क्षेत्रका अधिकांश वस्ती विच्छेद भएका छन । लामो खडेरीपछिको हिमपात र बर्षा भएकोले कृषक कष्टकर जनजीवन विचपनि उत्साही छन ।
‘आकाशे पानीमा निर्भर हाम्रा खेतवारीका गहुँ, जौ लगाएत हिउँदेवाली सुक्न थालेको थियो । असोजपछि पहिलोपटक पानी परेकोले हिउँदे खेतीलाई राहत भएको छ’ अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका कृषक राजु गर्वुजाले भने, ‘हिउँ परिरहेको छ, अझै कति पर्ने हो । हिउँपर्दा जनजीवन कष्टकर भएपनि हामी खुशी छौं । गहुँ, जौ, औवा जस्ता खेतीवाली र स्याउ समेतका हिमाली फलफुल समयमा हिउँ पर्दा फस्टाउँछन ।’
धवलागिरी गाउँपालिका, १ मा अवस्थित धौलागिरी, चुरेन र गुर्जा हिमालको फेदीमा लुकेको वस्ती गुर्जा हिमपातले पैदल मार्ग बन्द भएपछि बाँकी संसारदेखी विच्छेद भएको छ । त्यसैगरी जिल्लाको पर्यटकीय क्षेत्र टोड्के, रुईसे, पुनहिल, लगाएतका क्षेत्रमा बाक्लो हिउँ थुप्रो लाग्दै गर्दा वरपरका वस्तीबाट युवायुवती हिउँ खेल्न पुग्न थालेका छन । सदरमुकाम वरपरका डाँडामा पनि हिमपात हुन शुरु भएको छ । उपल्लो क्षेत्रमा हिउँ परेकोले तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ ।