FLASH NEWS
  • Loading...

नेकपा प्रचण्ड–माधव समुहको कार्यकर्ता भेला

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११९ पटक पढिएको
नेकपा प्रचण्ड–माधव समुहको कार्यकर्ता भेला

नेकपा प्रचण्ड–माधव समुह म्याग्दीले आईतवार बेनीमा जनवर्गीय संगठनहरुको संयुक्त कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
भेलालाई नेकपा प्रचण्ड–माधव समुह केन्द्रीय नेताहरु देवेन्द्र पौडेल र रामकुमारी झाँक्रिसमेतले प्रशिक्षण गरेका छन । जिल्ला भेलालाई सम्बोधन गर्दै झाँक्रिले प्रधानमन्त्री केपी ओलीलाई ‘शाही कम्युनिष्ट’ केशरजंग राजमाझीको पुर्नरागमन भएको ‘कागजी तानाशाह’ र राष्टपति विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’को आरोप लगाईन ।


झाँक्रिले थपिन, ‘नेकपा विघटनको दोष पूर्व एमाओवादी र प्रचण्डको होईन, मुलत : पूर्व एमालेकै दोष हो ।’ नेतृ झाँक्रिले अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) तर्फ लक्षित गरी थपिन, ‘प्रधानमन्त्री बन्ने लालासामा एक छाक भात खाएर, गाला जोडेको पिरतीको स्वाद हाम्रा नेताले पनि बल्न सडकमा पलेटी कसेर चाखेका छन ।’ अर्को एक प्रशंगमा नेतृ झाँक्रीले बामदेव गौतमले आफ्ना परिवारका सदस्य, आफन्त र पूर्वसहकर्मीहरु ओलीको दैलोमा पठाएर पार्टी एकताको नौटङ्की गर्दै हाम्रा साथीहरुलाई फसाउन ‘पासो’ थापेर बसेको आरोप लगाईन ।
झाँक्रिले भनिन्, ‘बामदेवले आज हामीलाई भन्छन, कसरी प्रचण्डको कार्यकर्ता हुन सक्र्यौ ?’
‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाध्यक्ष, प्रतिनिधी सभाका सभामुख, उपसभामुख, निर्वाचन, लोकसेवा, अख्तियार समेत सवै संवैधानिक आयोगका प्रमुख समेत सदस्यहरु, सर्वोच्च अदालत, न्यायपरिषद, सुरक्षा निकाय, योजना आयोग समेत राज्यका सवै निकायमा कब्जागरी निरंकुश शासन चलाउने प्रधानमन्त्री ओलीमा निशंकुस र तानाशाही मनोकांक्षाको अर्को अध्यक्ष प्रचण्ड एक छाक भात खाएर उदारो प्रधानमन्त्रीमा सौदावाजी गरिरहेका थिए ।’