FLASH NEWS
  • Loading...

धमाधम बेरुजु फस्यौट गर्दै शिक्षा विकास इकाइ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२९ पटक पढिएको
धमाधम बेरुजु फस्यौट गर्दै शिक्षा विकास इकाइ

शिक्षा विकास तथा समन्वय इकाईले चालु आर्थिक बर्षमा बक्यौता रहेको करिव २ करोड वेरुजु फस्यौट गरेको छ ।
साविक जिल्ला शिक्षा कार्यालयको नाममा वक्यौता रहेको तीन करोड बरुजु मध्य शिक्षा विकास तथा समन्वय इकाईले असुली तथा लगतकट्टी समेत यो बर्ष १ करोड ९७ लाख, ५० हजार फस्र्यौट गरेको जनाएको छ । शिक्षा इकाइले वर्षौदेखी बक्यौता रहेको १६ करोड बरुजुमध्य पछिल्लो तीन वर्षमा १५ करोड फस्र्यौट गरी १ करोडमा सिमित गराएको पनि दावी गरेको छ ।
‘शिक्षा विकास तथा समन्वय इकाईको प्रमुखका रुपमा जिम्मेवारी पाएपछिका तीन वर्षमा ११ करोड वेरुजु मध्य १५ करोड असुली तथा फस्यौट गर्न सफल भएका छौं । अर्को वर्ष करिव शुन्यमा झार्ने लक्ष्य छ’ शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख दलबहादुर थापा मगरले भने, ‘शिक्षा कार्यालयका साविकका जिम्मेवारी र भुमिका स्थानीय तहमा हस्तान्त्रण भएपछि फुर्सदका समय वेरुजु असुल उपर तथा फस्र्यौटमा लगाएको छु । कोरोना कहर नभएको भए अझ बढी फस्र्यौट गराउन सकिन्थ्यो ।’
विद्यालय भवन निर्माण तथा मर्मत, शौचालय निर्माण, घेरावार, विज्ञान प्रयोगशाला निर्माण तथा आईसिटी कार्यक्रम अन्र्तगत कम्प्युटर, ह्वाईट वोर्ड, प्रोजेक्टर समेतका उपकरण खरिद गर्न पेश्कि लगेको रकममध्य केहीले काम नै नगरेको, काम गरेपनि प्रकृया नपुर्‍याएको, काम सम्पन्न भएको तर कार्यसम्पन्न प्रतिवेदन नवुझाएको र केही विद्यालयका योजनामा साविक शिक्षा कार्यालयका प्राविधिकले अनियमित गरेपछि पनि बेरुजु देखिएको इकालईले जनाएको छ ।
फस्र्यौट हुन बाँकी बरुजु मध्य धेरै साविक शिक्षा कार्यालय अन्र्तगत रहेको पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शक्षा) तर्फका हुन । यो कार्यालय अहिले छुट्टै स्थापना भएकोले बेरुजूको दायित्व पनि उतै सरेको शिक्षा समन्वय इकाईले दावी गरेको छ ।
‘केही विद्यालयका कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा रहेको तथा ८ वटा विद्यालयले आइसिटी कार्यक्रम अन्र्तगत उपकरण खरिद गरी दाखिला पनि गरेका छन तर सार्वजनिक खरिद ऐनको प्रकृया नपुर्‍याएको देखिएकोले बरुजु देखिएको हो’ इकाइ प्रमुख थापाले भने, ‘केही वेरुजु धेरै पुराना भएकोले कतै श्रेस्ता नै नभेटिने र केही विद्यालय मर्ज भएकोले पनि फाईल खोज्न समस्या देखिएको छ ।’