FLASH NEWS
  • Loading...

काँग्रेसका भातृ संगठनहरु संसद बिघटनको बिरोध

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८५ पटक पढिएको
काँग्रेसका भातृ संगठनहरु संसद बिघटनको बिरोध

नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका छन् ।

बिरोध प्रर्दशनमा सहभागि नेपाल महिला संघका कार्यकर्ताहरुले पुजापाठमा प्रयोग हुने घण्टी बजाएका थिए । असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आवाज नसुनेकाले सांकेतिक रुपमा घण्टी बजाएर बिरोध जनाएको हो ।

बेनी बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बत्ताहरुले प्रतिनिधिसभा बिघटन संबिधान बिपरित भएकाले सरकारले सो निर्णय सच्चाएर संसद पुनस्थापना गर्नुपर्ने बताए ।