- Loading...
चीनले पनि अनुदानमा नेपाललाई कोरोनाविरुद्धको खोप दिने
- पुनहिल डट कम
- ३ साल अघि
- ३०१ पटक पढिएको
उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई चीनले करिब ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने जनाएको हो।
चिनियाँ सरकारी कम्पनी सिनो फर्माले विकास गरेको खोप चीनले नेपाललाई सहयोगमा दिन लागेको हो। नेपाल सरकारले यसअघि नै खोप उत्पादन गर्ने मुलुकहरुलाई कूटनीतिक नोट पठाएर खोप सहयोग गर्न अनुरोध गरेको थियो।
नेपालको सोही अनुरोधअनुसार चीनले नेपाललाई खोप दिन लागेको हो। यसअघि नेपाललाई दक्षिणी छिमेकी भारतले पनि १० लाख डोज खोप निःशुल्क दिइसकेको छ।
चिनियाँ खोप चीनलगायत विभिन्न १३ देशमा शसर्त अनुमति प्राप्त रहेको र विश्वस्वास्थ्य संगठनको मापदण्डभन्दा पनि गुणस्तरीय रहेको जनाएको छ। तर, नेपालमा भने हालसम्म चिनियाँ खोपले अनुमति पाइसकेको छैन। तर चीनले सहयोग दिने भएपछि नेपालले चिनियाँ खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिने दावी गरिएको छ।