FLASH NEWS
  • Loading...

म्याग्दी उद्योग वाणिज्य संघमा चुनावको रन्को, धमाधम गाउँपालिका स्तरिय इकाई पुर्नगठन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २९१ पटक पढिएको
म्याग्दी उद्योग वाणिज्य संघमा चुनावको रन्को, धमाधम गाउँपालिका स्तरिय इकाई पुर्नगठन

म्याग्दी उद्योग वाणिज्य संघलाई चुनावी रन्को लागेको छ । संघको अधिवेशन पूर्व मातहतका ईकाई समितिहरुको धमाधम अधिवेशन गरिरहेको छ । यसै विच संघले धवलागिरी, मालिका र अन्नपूर्ण ईकाइ समितिको अधिवेश गरि सकेको छ ।
अन्नपूर्णमा कर्माचार्य
म्याग्दी उद्योग वाणिज्य संघ अन्नपूर्ण गाउँपालिका ईकाई समितिको दोस्रो अधिवेशनबाट दशरथ कर्माचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन ।
अधिवेशनबाट उपाध्यक्षमा सुनिता गिरी, सचिवमा अमृत शेरचन, कोषाध्यक्षमा केशर हिराचन र सदस्यहरुमा क्रमश: जुद्धनारायण गौचन, विना ज्वारचन, पुष्पा वरुवाल, राजेन्द्र राना, नविन घर्ती, समायाँ गर्वुजा र विना गुर्वजा चयन भएका छन ।
मालिका इकाईमा पुन
म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका ईकाई समितिको दोस्रो अधिवेशनबाट लेकबहादुर पुन अध्यक्ष पदमा निर्वाचित भएका छन ।
अधिवेशनबाट उपाध्यक्षमा खड्ग छन्त्याल, सचिवमा अमृत सापकोटा, कोषाध्यक्षमा वेदप्रसाद सुवेदी, सहसचिवमा विरेन्द्र पुन र सदस्यहरुमा क्रमश : मम्सरा कार्की, राजु रिजाल, मिना फगामी, हिराबहादुर पुन, चबहादुर परियार, प्रेम सेन्चुरी, बुद्धिविनोद शर्मा र गोपाल गौतरम चयन भएका छन ।
धौलागिरी इकाईमा थापा
म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका ईकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापा अध्यक्ष पदमा निर्वाचित भएका छन ।
अधिवेशनबाट उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वती पौडेल, सहसचिवमा ओमकार पौडेल र सदस्यहरुमा क्रमश : होमबहादुर थापा, बुद्धीबहादुर थापा, आनन्द जैसी, फुलबहादुर विक, तेजबहादुर खत्री, लालबहादुर मगर, भक्त पुन र बासुदेव आचार्य चयन भएका छन ।