- Loading...
म्याग्दीमा औषतबढी कुष्ठरोगी
- पुनहिल डट कम
- ३ साल अघि
- ११४ पटक पढिएको
सरकारले कुष्ठरोग निवारण भएको घोषणा गरेपनि जिल्लामा औषतबढी कोष्ठरोगी फेला परेका छन ।
स्वास्थ्य कार्यालयको ०७७ पुस मसान्तसम्मको अभिलेख अनुसार जिल्लामा सो १३ जना कुष्ठरोगी पहिचान भै नियमित बहुऔषधी सेवन गरिरहेका छन । कार्यालयले जिल्लामा एक लाख ११ हजार लक्षित जनसंख्या मानेको छ । देशमा सवैभन्दा थोरै गण्डकी प्रदेशमा कुष्ठरोगी रहेका छन । गण्डकी प्रदेशमा भने म्याग्दीमा सवैभन्दा धेरै संक्रमित फेला परेका हुन ।
प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा तल कुष्ठरोगी रहेको अवस्थालाई कुष्ठरोग निवारण भएको मापदण्ड छ । सरकारले ०६६ माघ ५ गते देशबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो ।
‘कुष्ठरोग निवारण गर्दा तोकिएको राष्ट्रय मापदण्डभन्दा बढी कुष्ठरोगी म्याग्दीमा फेला परेका छन’ ६८ औं कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार अन्र्तक्रियामा स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘पहिचान भएका सवै कुष्ठरोगीले बहुऔषधी सेवन गरिरहेका छन । रोग सर्नबाट रोक्न रोगीका परिवारका सदस्यहरुलाई पनि औषधी खुवाईएको छ ।’