- Loading...
तीनपटक प्रधानमन्त्री हुँदा पूर्वलडाकुकालागि केही नगर्नेहरू मलाई गद्दार भन्छन् : गृहमन्त्री थापा
- पुनहिल डट कम
- ४ साल अघि
- ३३४ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म माओवादीका पूर्वलडाकुका लागि योगदान नगरेको आरोप लगाएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि योगदान गरेका पूर्वमाओवादी लडाकुलाई तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म नसम्झेको भन्दै गृहमन्त्री थापाले आक्रोशसमेत व्यक्त गरेका छन्।
“हिजोका युद्धका नाइकेहरूबाट सुन्यौं– यो सरकारले केही गरेन, यो युद्धका नाइकेहरूले तीन–तीनपटक प्रधानमन्त्री हुँदा वा अवसर पाउँदाखेरि युद्धका घाइतेहरूको निम्ति के गर्नुभयो? त्यो योद्धाहरूका निम्ति के सुविधा र व्यवस्था गरिदिनुभयो? तपाईंहरूले केही गर्नुभएन,” गृहमन्त्री थापाले भने, “यो सरकारले अलपत्र पारेको छ भनेर आरोप लगाएको सुनियो, मतिर इंगित गर्दै बादलले गद्दारी गर्यो भन्ने आरोप लगाएका छन्, म आजै जवाफ फर्काउँछु– उनीहरूको संरक्षण, व्यवस्थापन र निःशुल्क उपचारका लागि सरकारले काम गरिसकेको छ।”
पूर्वमाओवादी लडाकु सबैलाई सुविधा पाउने तथा जीवन निर्वाह भत्ताको व्यवस्था गरेकोसमेत गृहमन्त्री थापाले जानकारी दिएका छन्।
बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई पनि कार्यदल बनाएर कार्यान्वयनतर्फ लैजाने काम गरिएको जनाउँदै गृहमन्त्री थापाले प्रश्न गरे, “तीन-तीनपटक प्रधानमन्त्री हुने र अवसर पाउनेले कुनै काम नगर्ने? अब भन्नुहोस्, म गद्दार हो कि उनीहरू गद्धार हुन्? यसको जवाफ यो सरकारले दिइसकेको छ।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
