FLASH NEWS
  • Loading...

आर्मी लगातार चौथो पटक फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४८७ पटक पढिएको
आर्मी लगातार चौथो पटक फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

विक्रम सोबको अलराउन्ड प्रदर्शन तथा राजेश पुलामी मगरको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले आज बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ।

लगातार चौथो पटक फाइनलमा स्थान बनाएको आर्मीले अब उपाधिका लागि अर्को विभागीय टाली सशत्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्नेछ। एपीएफ दोस्रो संस्करणको विजेता टिम हो। एपीएफले बुधबार नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको त्रिभुवन आर्मी क्लब गत संस्करणमा भने पुलिस क्लबसँग हारेपछि उपाधिबाट बञ्चित भएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस त्रिभुवन आर्मी क्लबलाई ब्याटिङको निम्तो दिएका थिए। राजेशले ६५ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रन बनाएको हो।

दुई सय ३० रनको लक्ष्य पछ्याएको बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर एक सय ३५ रनमात्र जोड्न सक्यो। त्रिभुवन आर्मीले सुरुमै तीन विकेट गुमाएको थियो। ७.१ ओभरमा हरि चौहान पवेलियन फर्किंदा त्रिभुवन आर्मी क्लब १७/३ को स्थितिमा थियो। ओपनर हरि चौहान तीन रनमा आउट हुँदा अनिलकुमार मण्डल दुई रन जोडे। रोहितकुमार पौडेल शून्यमा पवेलियन फर्किए।

तर त्यसपछि भने त्रिभुवन आर्मीले पुनरागमन गर्‍यो। भीम सार्की र लोकेश बमले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरे। लोकेश २३ रन बनाएर आउँदा हुँदा सार्कीले ४० रन जोडे। त्यसपछि राजेशले त्रिभुवन आर्मीको इनिङ उकासे। राजेशले कप्तान विनोद भण्डारीसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे। आज तल्लो क्रममा ब्याटिङ गर्न आएका विनोद १० रनमा आउट भए।

त्यसपछि राजेशले विक्रम सोबसँग सातौं विकेटका लागि ९२ रनको साझेदारी गरे। विक्रम ३५ रन बनाएर आउट भए। सुशन भारी १६ रन बनाएर रन आउट भए। राजेश पुलामीले ९१ बलमा चार चौका र दुई छक्कासहित ६५ रन बनाए। राजेश आउट हुँदा त्रिभुवन आर्मी क्लब २२८/८ को स्थितिमा थियो।

बागमतीका लागि गौतम केसीले पाँच विकेट लिए। गौतमले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर पाँच विकेट लिए। रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो। ब्याटिङतर्फ ३५ रन बनाउन सफल त्रिभुवन आर्मीका विक्रमले बलिङतर्फ पनि तीन विकेट लिए। विक्रमले १० ओभरमा पाँच मेडन राख्दै २५ रन दिएर तीन विकेट लिएका हुन्। विक्रमलाई जितेन्द्र मुखियाले चार तथा सुशन भारीले तीन विकेट लिएर साथ दिएपछि बागमतीका ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा धेरै ४७ रन बनाए। विपिन आचार्यले २३, नन्दन यादवले २२ र आदील खानले १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल