- Loading...
केटु आरोहण दललाई प्रधानमन्त्रीद्वारा सम्मान
- पुनहिल डट कम
- ४ साल अघि
- ३१२ पटक पढिएको

हिउँदे याममा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमालको सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका छन् ।
मंगलबार बिहान काठमाडौं आइपुगेका आरोहण दलका सबै दश सदस्यलाई दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सम्मान पत्र प्रदान गरेका हुन् । आरोहण दलको नेतृत्व कीर्तिमान आरोही निर्मल पुर्जाले गरेका थिए भने सदस्यहरुमा अर्का कीर्तिमानी आरोहफ मिङ्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा छन् ।
प्रधानमन्त्री ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताए । त्यसअघि आरोहण दलका नेता पुर्जाले आफुहरुले कतैबाट सहयोग नपाएपछि आफ्नै खल्तीको पैसा हालेर पाकिस्तानतर्फ लागेको बताएका थिए ।
साथै प्रधानमन्त्री ओलीले आगामी दिनमा औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसार सहयोग गर्ने पनि बताए । साथै माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको भन्दै टोलीको प्रशंसा गरेका थिए । साथै उनले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए ।
कार्यक्रममा आरोहण दलका नेता पुर्जाले अत्यन्तै कठिन कामलाई सफल बनाएको बताएका थिए । उनले त्यस बेलाको क्षणलाई बिरामीको अप्रेसन गर्नुअघि औषधी दिएर बेहोस बनाउने घट्नासँग तुलना गरे ।
‘हो, त्यस्तै खालको अनुभव तपाईं परिकल्पना गर्नुहोस् । तर म र मेरो टिमको एउटै मात्र लक्ष्य थियो, नेपाल ८ हजार मिटरभन्दा अग्ला हिमालको घर हो । १४ वटा हिमालमध्ये ८ वटा हाम्रोमा छ। तर यी हिमालको पहिलो आरोहणको कीर्तिमान विदेशीका नाममा छ । पक्कै पनि विदेशी साथीहरूको ‘स्पोन्सर’ ठूलो थियो होला । उनीहरूलाई सबैतिरबाट सहयोग भए होला तर पनि वास्तविक खेलाडी त हामी थियौं नि। सम्भवतः तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीपछि सबैभन्दा ठूलो समाचार आज बनेको छ’ उनले भने ।
उनले केटु आरोहणमा जाने आफ्नै योजना नभएको उल्लेख गर्दै ४० जनाभन्दा बढी विदेशी आरोही जसरी पनि केटुको नाममा बाँकी रहेको यो कीर्तिमानी आफ्नो देशको नाममा लैजाने योजनामा रहेको थाहा पाएपछि फटाफट झोला प्याक गरेर लागेको बताए ।
उनले यो रेकर्ड व्यक्तिगत भन्दा पनि नेपालको नाममा राख्न चाहेको पनि उल्लेख गरे । ‘समिट अगाडि हामी १० मिटरको दुरीमा रोकियौं । किनकि यो जस टिम लिडरले मात्र लिने कुरा होइन । सबै दाजुभाइको काँधमा ३५ किलोभन्दा बढीको भारी थियो । त्यो चिसो हिउँमा, बेगले चलेको हावालाई चिर्दै हामी एक साथ चुचुरामा पुग्यौं । यसबाट हामीले दिन खोजेको सन्देश थियो, विश्वमा हामी एक भयौं भने सबथोक गर्न सक्छौं । विभाजनबाट केही पनि गर्न सक्दैनौं । यो शक्तिशाली सन्देश दिएका छौं’ उनले भने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
