- Loading...
मोनाले झिंबाट सुरु गऱ्यो पहिरोपिडित पुर्नवास कार्यक्रम
- पुनहिल डट कम
- ४ साल अघि
- ४१२ पटक पढिएको

वर्षायामा बाढीपहिरो घर बगाए/पुरेपछि घरविहीन भएका पहिरो पीडितलाई पुर्नवास गराउन म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले निजी भवन निर्माण थालेको छ ।
रघुगंगा गाउँपालिका, ५ झिंका पहिरो पीडित भीमबहादुर गर्वुजाको निजी आवास भवन निर्माण सुरु गरी पुर्नवास कार्यक्रम थालेको हो । मोनाले मालिका गाउँपालिका, ७ विममा १० घर, धवलागिरी गाउँपालिकामा १४ घर, निर्माण गरी हस्तान्त्रण गर्ने भएको हो । त्यसैगरी मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामाग ४–४ वटाका का दरले १६ घरपरिवारलाई पुर्नवास गराउन लागेको हो ।
‘झिंबाट मोनाले पहिरो पिडितलाई पुर्नवास गराउन निजी आवास निर्माण थालेका छौं’ मोना हङकङका पूर्व अध्यक्ष तथा मोना अन्र्तराष्ट्रिय समितिका सल्लाहकार दल शेरबुजा मगरले भने, ‘विपतमा परेका दाजुभाईलाई पुर्नवास गराउने अभियानमा श्रमदान गर्न पुख्यौली थलो फर्केको हुँ । यस भवनको नमुना तथा लागतको आधारमा अन्य भवन निर्माण थाल्ने योजनामा छौं ।’
सरकारले हालै जारी गरेको पुर्नवासकालागी पुर्ननिर्माण कार्यविधीमा हिमाली जिल्लामा निजी आवस निर्माण गर्न ५ लाख, मर्मतगरी पुन:प्रयोग गर्न ५० हजार र निजी आवास निर्माण गर्ने जग्गा नभएका ब्यक्तिलाई घरबनाउने जग्गा खरिद गर्न थप ३ लाख दिने भएको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिले पुर्नवास गराउन पूर्ण क्षतिग्रत निजी आवास पुर्ननिर्माण गराउन गृह मन्त्रालयमा शिफारिस गरेका १ हजार ६८ घरपरिवार मध्यका ४० घरपरिवारलाई मोनाले पुर्नवास गराउन लागेको हो ।
‘सरकारले निजी आवास पुर्नवासकालागी पुर्ननिर्माण गर्न मोना समेत ब्यक्ति एवं निजी क्षेत्र अग्रसर भएकोले जिल्ला विपद ब्यवस्थापन समितिले भुकम्प प्रतिरोधी घरको मापदण्ड अनुसार पुर्नवास गर्न स्वीकृति दिएका छौं’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘भुगर्भविद समेतको प्राविधिक रिपोर्ट अनुसार बाढीपहिरोबाट घर विहीन बन्न पुगेका एक हजारबढी परिवार पुर्नवास गराउन गृह मन्त्रालयमा शिफारिस गरेका छौं ।’
मोनाले मात्र होईन, मालिका गाउँपालिका, ७ विम गाउँवासीको संस्था विम मालिका संघ काठमाण्डौले पनि गत असार २६ गतेको भिषण पहिरोले घर एवं परिवारका सदस्य पुर्दा/बगाउँदा घरविहीन भएका २२ परिवारलाई पुर्नवास गराउने भएको छ ।
विम मालिका संघले पुर्नवास गराउने २२ परिवारमध्य घर बनाउन योग्य आफ्नै जग्गा नभएका १० परिवारलाई पुर्नवास गराउन २० लाख खर्चेर ५ रोपनी जग्गा खरिद गरिएको छ ।
विमका अन्य २० परिवारको निजी आवास घर बनाउन मालिका गापा, ७ का वडाध्यक्ष रेशम जुग्जालीको अध्यक्षतामा गठित विम पुननिर्माण समितिले ब्यवस्था गर्ने भएको छ । समितिसँग अहिले विभिन्न संस्थाबाट प्राप्त सहयोग २९ लाखबढी जम्मा भएको छ । छुट्टै विम–मालिका संघले जम्मा गरेको ४० लाख रुपैयाँ छ । गाउँपालिकाले आवास निर्माण गर्न प्रति परिवार १ लाख दिने भएको छ । दाताहरुको सहयोग जोडेर विमका सवै घर विहीनलाई पुर्नवास गर्ने योजना छ ।
वडाध्यक्ष रेशम जुग्जालीका अनुसार २ बेड, १ किचन, १ लिभिङ रुम र शौचालयसहित घरको मोडेल अनुसार पुर्नवास गराउँदा एउटा भुकम्प प्रतिरोधी घर बनाउन ५ लाख खर्च हुने अनुमान छ ।
जिल्ला विपद ब्यवस्थापन समितिको अभिलेख अनुसार रघुगंगा गापामा १६, अन्नपूर्ण गापामा १५, मंगला गापामा २३, बेनी नगरपालिकामा ५७, धौलागिरी गापामा ५९ र मालिका गापामा ८९ घरसमेत जिल्लाका २ सय ४७ घर बाढीपहिरोले पुरै वगाएको/पुरेकाले विस्थापित छन । त्यसैगरी घर नभत्केका तर वस्ती/घर पहिरोको उच्च जोखिममा परेका ८ सय २१ घर लाई स्थानन्त्रणगरी सुरक्षित स्थामा पुर्नवास गराउनु पर्ने जिल्ल विपद ब्यवस्थापन समितिले जनाएको छ ।
बाढीपहिरोले वास बगाएपछि घरविहीन भएका परिवारमध्य केही परिवार गाउँमा बसाई गएपछि खाली रहेका छिमेकी/आफन्तको घरमा बसेका छन । अधिकांश अहिलेपनि जस्तापाताको अस्थाई छाप्रो राखेर पाखोमा बस्दै आएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
