- Loading...
प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता,बाइडन प्रशासन नेपालसँग साझेदारी गर्न चाहन्छ
- पुनहिल डट कम
- ४ साल अघि
- १३१ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेट भएको छ। उक्त भेटमा जलवायु परिवर्तनको चुनौतीसँग जुध्न अमेरिकाले नेपालसँग मिलेर सगरमाथा संवाद गर्ने प्रस्ताव गरेको छ। राजदूत बेरीले जलवायु परिवर्तनको मुद्दामा सगरमाथा संवाद जरुरी रहेको बताएका हुन्।
राजदूत बेरीले प्रधानमन्त्रीसँगको भेटमा भनेका छन्, ‘बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहन्छ ।’
‘जलवायु परिवर्तनको मुद्दामा नेपाल फ्रन्टलाइनमा छ’, अमेरिकी दूतावासले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ, ‘कार्यकालको पहिलो निर्णय अनुरुप राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा पुनः अमेरिकी संलग्नता हुने हुने निधो गर्नुभएको छ। नेपाल पनि प्रभावित मुलुकमध्ये हो। दुतावास नेपालसँग मिलेर सगरमाथा संवाद डायलग संचालन गर्न इच्छुक छ।’
राष्ट्रपति बाइडेनको नयाँ विश्व नीतिको एक हिस्साअन्तर्गत राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेको पनि उल्लेख छ। भेटमा राजदूतले महिला, बालबालिका लगायतको मानवअधिकारका मुद्दामा पनि नेपालसँग मिलेर काम गर्न अमेरिका तयार रहेको बताएका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
