ऋण लिने ग्राहक खोज्दै वित्तिय संस्था

८ माघ २०७७, बिहीबार १०:३० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कर्जा घट्ने र निक्षेप बृद्धी भै बैंक तथा वित्तिय संस्थामा तरलता (लगानी योग्य रकम) बढ्दै गएपछि धमाधम ऋण लने ग्राहक खोज्न थालेका छन ।
कोरोना महामारीका कारण औद्योगिक ब्यवसाय र आर्थिक कारोवारमा आएको शिथिलताले अपेक्षित रुमा कर्जा लगानी बढ्न नसकेको हो । ब्याज दर ह्वात्तै घटाउँदा पनि निक्षेप बढेको तर लगानी ठप्प प्राय: भएकोले बैंक वित्तिय संस्था अल्पकालिन तथा मार्जिन प्रकृतिका ऋण लिने ग्राहको खोजीमा लागेका हुन ।
कोभिड–१९ को कारण लगानीको वातावरण विग्रेको, निर्माण क्षेत्र समेत सेवा क्षेत्र सुस्ताएको र आयात–निर्यातमा कमि आउँदा कर्जा लगानी रोकिएपछि तरलता बृद्धी भएको हो । उनीहरु यस अघि अनुत्पादक भनेर कर्जा प्रवाह रोकेर आफैले फिर्ता पठाएका फाईल खोज्दै ग्राहक फकाउन घरदैलोमा छन । दुई वर्ष अघि निक्षेप संकलनमा हिंडेका विएमहरु यसपाला कर्जा लिने ग्राहक खोज्न घरदैलोमा छन ।
‘पहिलो र दोस्रो त्रैमासिकको अन्तिमसम्मै कर्जा लगानी प्राय: ठप्प रह्यो । अहिले विस्तारै फाईल आउन थालेका छन । तर ठूला फाईल आएका छैनन, सवै मात्र छन’ गरिमा विकास वैंक बेनी शाखा प्रवन्धक कमल ढुङ्गानाले भने, ‘कोभिड–१९ पछि कृषीसमेत उत्पादनमुलक क्षेत्रका फाईल बढी छन । विना धितोमा महिला उद्यमशिलता कर्जाका फाईल छन । विएमहरुले जोखिम बहन क्षमताको आधारमा यस्ता फाईल सदर गरेका छन । पर्यटन, ब्यापार ब्यवसाय र हायरपर्चेज त ठप्पै जस्तो भएको छ ।’
बैंक मात्र होईन वचत तथा ऋण सहकारी संस्था पनि निक्षेप थुप्रिएपछि संकटमा परेका छन । सहकारीमा तरलता बढेपछि मंहंगो ब्याज तिरेर बचतकर्ताबाट न्युनतम १० प्रतिशतमा ब्याज तिरेर लिएको निक्षेप घाटा खाएर वाणिज्य तथा विकास वैंक वैंकमा अधिकतम ७।५ प्रतिशत ब्याजमा लगी फिक्स डिपोजिटमा राख्न थालेका छन ।
‘धेरै समय भयो केही साना बाहेक ऋणको फाईल नै आएको छैन । हामीसँग २० करोडमाथी तरलता भएपछि मंहगो ब्याजमा लिएको निक्षेप घाटा खाएरै अर्को बैंकमा सस्तो ब्याजमा राखेका छौं । लगानीको वातावरण सिथिल बन्दा साना लगानीकर्ताले स्थापना गरेका सहकारीलाई अस्थीर बनाएको छ’ बेनीको ठूलोमध्यको एक कस्तुरी वहुउद्देश्यि सहकारी संस्थाका अध्यक्ष राजेश शाक्यले भने, ‘एक ब्यक्ति एक सहकारीको नितीले गर्दा पनि शेयरसदस्यहरु चलयमान हुन नपाउँदा सहकारीको लगानी रोकिएको हुन सक्छ ।’
युवा ब्यवसायी शाक्यले थपे, ‘कोरोनाले राष्ट्रिय ढुकुटी घाटामा जाँदा वजारमा रकम तरलता देखिनु अशुभ संकेत हो । सहकारीमा मात्र होईन, बैंकहरुमा पनि तरलता थुप्रिएको छ । करम्सनको रकम बजारमा छ्यालब्याल भएको हुन सक्छ । सरकारले नोट शुद्धिकरण गर्न आवश्यक छ ।’
गरिमा विकास वैंक र कस्तुरी सहकारी उदाहरण मात्रै हुन, जिल्लाका सवै वित्तिय संस्थाहरुको अवस्था उस्तै हो । सहकारीले एक बर्षे मुद्धति निक्षेपमा दिँदै आएको १६ प्रतिशत ब्याज घटाएर १० प्रतिशतमा झारेपनि निक्षेपकर्ता अझै सहकारीमै झुम्मिएका छन । तर विदेश जाने विद्यार्थी भिसा रोकिएको, घरजग्गा र पर्यटन क्षेत्र ठप्पहुँदा आश्रित कृषी, पशुपालन र यातायात सेवा संञ्कुचित भएकोले हायरपर्चेजमा आर्कष नरहेको नभएको वित्तिय संस्थाले जनाएका छन ।
यसको लाभ भने ऋणको खोजीमा रहेका ग्राहकले वैंकसँग बलियोसँग मोलमोलाई (बार्गेनिङ) गर्न पाएका छन । सदरमुकाम बेनीमा मात्र १४ वटा बाणिज्य बैंक र ३ वटा विकास बैंक, १२ वटा लघुवित्त र १४ वटा बचत तथा ऋण सहकारीले निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन ।