- Loading...
भारतबाट आजदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने
- पुनहिल डट कम
- ४ साल अघि
- ३४० पटक पढिएको

भारतले आजदेखि नेपाललगायत अन्य छिमकी देशहरुलाई कोरोनाभाइरसविरुद्धको खोप आपूर्ति गर्ने भएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको हो।
मन्त्रालयले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति सुरु हुने जनाएकाे छ। मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताएपनि परिमाण भने खुलाएको छैन। आन्तरिक माग पुरा हुने सुनिश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने विदेश मन्त्रालयले उल्लेख गरेको छ।
भारतस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’
औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।
कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
