- Loading...
छात्रालाई होटलमा लगेर परीक्षा लिने ३ जना शिक्षक पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- ४६७ पटक पढिएको

छात्रालाई होटलमा लगेर परीक्षा लिने तीन जना शिक्षक पक्राउ परेका छन् । पोखरा–१ टुँडिखेलस्थित राष्ट्रिय माविका प्रधानाध्यापकसहित तीन जना शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा प्रधानाध्यापक सूर्य तिवारी, शिक्षकहरू घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनीहरूलाई शिक्षा ऐन २०२८ अनुसार मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । शिक्षक बस्तोकोटी र रेग्मीले एक छात्रालाई मंसिर ११ गते होटलमा लगेर अंग्रेजी र पेडागोजी विषयको परीक्षा दिन लगाएका थिए ।
परीक्षामा प्रधानाध्यापक तिवारी केन्द्राध्यक्ष रहेका थिए । रेग्मी सहायक केन्द्राध्यक्ष थिए । उनीहरू दुवै जनाको मिलेमतोमा शिक्षक बस्ताकोटीले लेखनाथ बजारको एक होटलमा लगेर ती छात्रालाई परीक्षा लेख्न लगाएको छानविन समितिले निष्कर्ष निकालेको थियो ।
घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले छानविन गरी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डमा बुझाएका थिए । बोर्डले माघ २ गते घटनाका बारेमा कागजातसहित कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
