FLASH NEWS
  • Loading...

हिंसा भड्काउन खोज्दै प्रचण्ड-‘टाउको फुटेर धेरै फरक पर्दैन’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ५६२ पटक पढिएको
हिंसा भड्काउन खोज्दै प्रचण्ड-‘टाउको फुटेर धेरै फरक पर्दैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आव्हान गरेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको प्रदर्शनमा जनताको उपस्थिति न्यून भएपछि प्रदर्शनलाई हिंसात्मक बनाउन खोजेका छन्।

अब टाउको फोर्न आफू प्रदर्शनको अगाडि बस्ने जनाउँदै उनले यु्वाहरुलाई आवेश र आक्रोश पोख्नसमेत उक्साए।
“अहिले सबैभन्दा अगाडि बसेर घेरा तोड्न पर्‍यो भने हामी (शीर्ष नेता) सबैभन्दा अगाडि बस्छौं। हाम्रो टाउको फुटेर धेरै फरक पर्दैन। तपाईंहरुको टाउको नफुटोस् भन्नेतर्फ हाम्रो ध्यान छ। तर अवस्था आवेग र आक्रोसको छ। तपाईंहरु आन्दोलनमा सहभागी हुनोस्,” राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले भने।

बैठकले प्रधानमन्त्री ओलीविरुद्धको आन्दोलनलाई निर्णायक मोड दिन महत्त्वपूर्ण निर्णय गर्ने विश्वास उनले व्यक्त गरे।

“हामी गम्भीर स्थितिमा छौं। हाम्रो आन्दोलन पनि अलि आवेग, आक्रोसित र जुझारु हुन जरुरी छ। किनकि, हाम्रो त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिमाथि प्रहार भएको छ। यसको प्रतिवाद गर्दा पक्कै पनि हामीभित्र आवेग, आक्रोस हुन्छ। सबभन्दा बढी युवाहरुमा नै त्यो हुन्छ,” प्रचण्डले भने।

“हामी चाहन्छौ, प्रमुख लिडरहरु तपाईंहरुको सबैभन्दा अगाडि उभिएर लड्न चाहन्छौं,” उनले भने। केही दिनअघि चिसो भुइँमा बस्दा गौरवको अनुभूति भएको उनले जनाए।

प्रतिनिधिसभा विघटनको मुद्दा अहिले अदालतमा भएकोले त्यस विषयमा केही भन्न नचाहेको उनले बताए। केही भन्दिन भन्दै उनले भने, “अदालतले संविधानको अक्षर र भावनालाई हेरेर नै निर्णय गर्छ भन्ने हामीलाई विश्वास छ। तर फेरि हामी त्यसको सहजीकरणको निम्ति जनतालाई आन्दोलित गर्ने आफ्नो दायित्वबाट पन्छिन सक्दैनौं।”

पहिलो चरणको आन्दोलन सकेर आफूहरु दोस्रो चरणको आन्दोलनमा संलग्न भएको उनले जनाए। देशको परिस्थिति हेरेर आन्दोलनका कार्यक्रमलाई अझ द्रूतगतिमा र अझ व्यापक रुपमा गर्नुपर्ने महसुस भएको उनले बताए।

“हिजोसम्मको घटनाक्रम हेर्दा यसलाई पनि अझ छिटो गर्नु बढी उपयुक्त हुने देखेर हामीले ९ गते काठमाडौंमा एउटा विशाल प्रदर्शन गर्ने घोषणा गरेका छौं। कम्तीमा तीन लाख मान्छे उतार्ने गरी प्रदर्शन गर्ने सोच राखेका छौं,” उनले भने। source – dekhapadhi.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल