- Loading...
दर्मिजाको झ्यान्द्रा भीरमा मोटर सरर
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

रघुगंगा गाउँपालिका, ४ दग्नाम–दर्मिजा विचको डरलाग्दो झ्यान्द्राभीर (अजिङगर भीर) फोडेर ट्रयाक खुलेसँगै आईतवारदेखी गाडी सरर पार भएको छ ।
राहुघाट करिडोरमा पञ्चालयकाल देखी सवै भन्दा बढी राजनिती भएको दग्नाम–दर्मिजाको अजिङ्गर भीरमा ट्रयाक खुलेसँगै दर्मिजा, दर्मिजा, चिमखोला, मंगले, घ्याँसीखर्क गाउँपालका केन्द्र मौवाफाँट समेत सडक संञ्जालसँग जोडिएका छन ।
दुई दर्जनबढी पैदल यात्रु क्वाप्लक्कै निलेको ज्यानमारा अजिङगर (झ्यान्द्राभीर) फोडिएसँगै मोटर सरर गुड्ने भएका हुन । पञ्चायतदेखी गोरेटो, घोडेटोहुँदै पछिल्ला केही वर्षदेखी मोटर बाटोको सपना देखाएर भोट माग्ने अजिङ्गर भीर अन्तत फोडिएको भीर फोर्न अहोरात्र खटिएका स्थानिय अगुवा सुविन शेरपुजा मगरले सुनाए ।
‘डोरीमा झुण्डीएर सयौं पटक ओहोर–दोहोर गर्दा सजिलो गोरेटो बाटोको कल्पना हुन्थ्यो, अहिले त्यही भीरमा मोटर बाटो खुलेपछि चिमखोला भेगका हामी जस्तो खुसी को भए होलान ?’ चिमखोला पुख्यौली भएकी पूर्वमन्त्री थममायाँ थापाले भनिन, ‘अरु अरु नेताले झै यही झिर फोड्न मैलेपनि भोट मागेकी थिएँ । पञ्चालयदेखी सवैको पहल गणतन्त्रमा सफल भएको छ ।’
दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न हालसम्म ५ करोड ७९ लाख ९४ हजार दुई सय ९३ रुपैयाँ भु्क्तानी भै सकेको छ । दग्नाम–चिमखोला ४.८१ किमीमध्य ८ सय मिटर दग्नाम–दर्मिजा खण्डको अजिङ्गर भीर र ६ सय ३० मिटर दर्मिजा–चिमखोला खण्डको गोखोभीरको रक कटिङ् हो । बाँकी माटोमा डोजर लगाईएको मात्र हो । पहरामा पनि सडक कम्तीमा ७ मिटरदेखी १० मिटरसम्म चौडा रहेको गाउँपालिकाले जनाएको छ ।
अजिङ्गर भीर फोर्न साझेदार रहेको तुँदी पावर कम्पनी प्रालिले गरेको खर्च सार्वजनिक नगरेकोले जोडिएको छैन । कम्पनीका प्रतिनिधी इन्द्र ढकालका अनुसार भीरमा अझै काम भैरहेको र फोडेको सडकको दुरी नाप भै नसकेको छैन ।
‘दग्नाम–चिमखोला सडक खण्डमा पर्ने दुई वटा ठूला अक्करे भीर छिचोलेर ट्रयाक खुलेपनि गाडी गुड्ने अवस्थामा पुगेको छैन । काम भैरहेको छ’ सुरुदेखी काम हेर्दै आएका रघुगंगा गाउँपालिकाका सव इन्जिनियर कमल चोखालले भने, ‘छुट्टाछुट्टै निकायबाट आ–आफ्नो तरिकाले खर्च भएको छ । अजिङ्गर भीरमा तुँदी पावरले पनि काम गरिरहेकोले नाप र लागत निकालिसेको छैन ।’
आर्थिक वर्ष ०७४/०७५ देखी सडक विभागको लगानीमा चिमखोला–दर्मिजा–दग्नाम सडक खन्न थालिएको हो । यो सडक खन्न सडक विभागको २ करोड ७६ लाख ४९ हजार ५ सय २४ खर्च भएको छ । संघिय साँसद निर्वाचन क्षेत्र विकास कोषबाट २१ लाख ५७ हजारबढी खर्च भएको छ ।
त्यसैगरी रघुगंगा गाउँपालिका वडा ४ दर्मिजाले २५ लाख, ७ चिमखोलाले ८० लाख र ८ कुईनेले ५० लाख समेत रघुगंगा गापाको २ करोड ६० लाख २९ हजार ८ सय ३९ रुपैयाँ खर्च गरेका छन । चालु आवमा सडक विभागको विनियोजित १ करोड ४० लाख बजेटबाट भने अझै काम भएको छैन ।
‘संघिय, प्रदेश र स्थानीय सरकारको प्रयासबाट दग्नाम–चिमखोला सडकको ट्रयाक खुलेको छ । छिट्टै गाडीमा गुड्न पाईने विश्वासमा छौं’ चिमखोलाका सामाजिक अगुवा गम पुनले भने, ‘संघिय सरकाको गलेश्वरबाट गापा केन्द्र मौवाफाँटहुँदै दग्नाम–चिमखोलासम्मको सडक मर्मत तथा निर्माण गर्न अझै १ करोड ४० लाख रुपैयाँ बजेट रहेकोले काम सुनिश्चिता देखेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
