FLASH NEWS
  • Loading...

किन यसपालि हिउँदमा पानी पर्न सकेको छैन ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३५१ पटक पढिएको
किन यसपालि हिउँदमा पानी पर्न सकेको छैन ?

यसपालि नेपालमा लगभग पानी नै नपरेको अवस्था भएको मौसमवदि्हरूले बताएका छन्। “क्लाइमेट भेरिएबल भन्ने हुन्छ। त्यो भनेको अघिल्लो वर्ष जस्तो थियो यो वर्ष पनि त्यस्तै हुनुपर्छ भन्ने हुँदैन,” जल तथा मौसम पूर्वानुमान महाशाखका कार्यरत वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बताईन ।

साथै यो हिउँदमा अहिलेसम्म पश्चिमी वायुको प्रभाव पनि सशक्त नदेखिएकोले पानी नपरेको  बताईन । उनका अनुसार अहिले वर्षा नहुनु एउटा मौसमी प्रक्रिया भए पनि हिउँदे बालीको हकमा सिँचाइको पर्याप्त व्यवस्था नरहेको नेपालमा लगाइने हिउँदे बालीदेखि बर्खे बालीसम्मका लागि किसानहरू मुख्यतया वर्षामा नै भर पर्छन्।

“अहिले पानी नपर्दा त्यसको असर हिउँदे बालीहरू गहुँ, तोरी र आलुको उत्पादकत्वमा पर्छ। उदाहरणका लागि गहुँमा गाँज कम आउँछ जसले गर्दा उत्पादन कम हुनसक्छ,” गहुँ प्रजननविज्ञ डा. ध्रुवबहादुर थापाले भने।

माघ महिनाको मध्यसम्ममा पनि पानी परिदियो भने केही हदसम्म हिउँदे बालीको उत्पादकत्वमा अलि असर कम हुने सम्भावना रहेको उनी बताउँछन्। थापाका अनुसार हिउँदमा पर्याप्त पानी परेको गत वर्ष नेपालमा २० लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल