- Loading...
परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता, भारतसँग सौहार्द वातावरणमा बैठक भएको जानकारी
- पुनहिल डट कम
- ४ साल अघि
- २६१ पटक पढिएको

नेपाल–भारत सँयुक्त आयोगको बैठकका लागि गत विहीबार दिल्ली प्रस्थान गरेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फिर्ता भएका छन्। उनी साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
स्वदेश फिर्तापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै उनले सँयुक्त आयोगको बैठकमा भएका छलफल, सहमति र राजनीतिक भेटबारे जानकारी दिए।
उनका अनुसार सँयुक्त आयोगको बैठकमा इपीजीको प्रतिवेदन प्रस्तुत गर्ने, १९५० को सन्धि पुनरावलकोन गर्ने र सीमाका विषयमा छलफल गर्ने सहमति जुटेको छ। भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री ज्ञवालीले सँयुक्त रुपमा अध्यक्षता गरेको सँयुक्त आयोगकको छैटौं बैठक निकै सौहार्द रुपमा सम्पन्न भएको मन्त्री ज्ञवालीले जानकारी दिए।
उनले यो बैठकको मत्वपूर्ण एजेण्डा कोरोनाविरुद्धको खोप रहेको बताए। उनले भारतले नेपाललाई सो खोप उलब्ध गराउन प्राथामिकता दिने बताएको जानकारी दिए। यस्तै कोरोना महामारीपछि बन्द रहेका हवाई र स्थलमार्ग विस्तारै सञ्चालनमा ल्याउने सहमतिसमेत भएको उनले बताए।
यस्तै बैठकमा रक्सौल–काठमाडौंमा रेलबारे एमओयू गर्नेबारे पनि सहमति जुटेको बताए। उनले जयनगर–जनकपुर रेल छिटै सञ्चालन गर्ने सहमति भएको बताए। यस्तै सँयुक्त चेक पोस्टबारे पनि सहमति भएको र सो अनुसार भैरहवामा तत्कालन सँयुक्त चेक पोस्ट बन्ने बताए। बैठकमा पारवहन तथा व्यापारबारेका सन्धिहरु पुनरावलोकन गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए। बैठकमा नेपालले नेपालतर्फबाट निर्यात बढाउनका लागि सन्धिहरुमा पुनरावलोकन गर्नुपर्ने अनुरोध गरेको छ।
यस्तै भूकम्पपछि भारतले पुनःनिर्माणका लागि दिएको अनुदान सहयोग र ऋण सहयोगबाट सञ्चालित परियोजना छिटै सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। यस्तै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माणबारे पनि छलफल भएको छ। source-dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
