- Loading...
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा लामो पुल उद्घाटन
- पुनहिल डट कम
- ४ साल अघि
- ४५४ पटक पढिएको

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालकै लामो झोलुंगेपुल उद्घाटन गरेका छन्। शनिबार बागलुङ नगरपालिका-१ को बाङगेचउरमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले पुल उद्घाटन गरेका हुन्। ५ सय ६७ मीटर लामो यो झोलुंगेपुलले पर्वतसँग जोड्छ।
पर्वतको पाङसँग जोडिएको यो पुलले दुई जिल्लाका बासिन्दालाई वारपार गर्न सहज बनाएको छ। साथै पर्यटन प्रवर्द्धनका लागि पनि यो पुल उपयोगी भएको छ।
पुल उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले जनताको विश्वासमाथि घात गर्न नमिल्ने बताएका छन्। उनले जनताले कम्युनिष्टपार्टीलाई दिएको विश्वासको संरक्षणमा लाग्नुपर्नेसमेत बताए। अदालतबाट जस्तोसुकै निर्णय आएपनि राजनीतिक नेतृत्वले स्विकारेर जानुपर्ने धारणा राखे। उनले अदालतको निर्णय नआउँदै आफ्नो निर्णय सुनाउने काम ठिक नभएको समेत बताए।
बागलुङ नगरपालिकाको अगुवाइमा दुई वर्षअघि थालनी भएको यो पुल १० करोड लागतमा निर्माण सम्पन्न भएको हो। निर्माण कम्पनीले केही समय अघिनै काम सकेपनि कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण पुल उद्घाटन हुन सकेको थिएन। वातावरण सहज भएपछि पुल उद्घाटन गरिएको हो।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
