आज:  | Tue, 18, Jan, 2022

घरेलु तथा साना उद्योग महासंघमा बानियाँ

३ माघ २०७७, शनिबार १८:१७ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता
नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की, कोषाध्यक्ष भुपेन बानियाँ रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधि एवम् कार्यसमिति सदस्य भरतप्रसाद उपाध्याय, सदस्य सन्तोष ढुंगाना,रेनु मल्ल, कोषानन्द आचार्य,कृष्ण मल्ल, प्रेम नेपाली, कुलबहादुर बोहोर, विश्व विक्रम मल्ल, दुर्गालाल कँडेल, कमल पौडेल, अनुष शाही, रामप्रसाद श्रेष्ठ, सुरेश ढुंगाना र विरेन्द्र ढुंगाना चयन भएका छन् । त्यस्तै राधिका सापकोटाको अध्यक्षामा गठन भएको महिला उद्यम विकास समितिको बरिष्ठ उपाध्यक्ष रेणु मल्ल,उपाध्यक्ष निर्मला श्रेष्ठसचिव मेनुका पुन, कोषाध्यक्ष सुभा सेन, केन्द्रिय प्रतिनिधि तथा सदस्य सृजना श्रेष्ठ, सदस्य सृजना भट्टचन, गंगाकुमारी खत्री अनुषा गौचन, सुगम श्रेष्ठ, मनकुमारी नेपाली, सञ्जुराज भण्डारी, गंगा थापा कार्की चयन भएका छन् ।