Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

स्थानीय सरकार र सुरक्षा निकायद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९९ पटक पढिएको
स्थानीय सरकार र सुरक्षा निकायद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी

म्याग्दीका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिसस अध्यक्ष, प्रमुख जिल्ला अधिकारीसमेत जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त समन्वय बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।
स्थानीय, प्रदेश र संघिय सरकार मातहतका सेवा कार्यालय विच समन्वय अभावमा जिल्लाका शान्तिसुरक्षा, विकास योजना संञ्चालन समेत सेवा प्रवाह प्रभावकारी हुन नसकेको जनगुनासो विच स्थानीय सरकारका पदाधिकारी र सुरक्षा निकायका अधिकारीको संयुक्त वैठक बसेको हो ।
जिल्ला प्रशासन कार्यालयले मंगलवार मंगला गाउँपालिकाको बाबियाचौरमा सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर गरिएको बैठकमा स्थानीय तहका अध्यक्षहरुले आ–आफ्नो नगरपालिका/गाउँपालिकाको सुरक्षा, पूर्वाधार निर्माणको अवस्था, महिला हिंसा समेत समेटेर रिपोर्ट प्रस्तुत गरेका थिए । त्यसैगरी गाउँपालका उपाध्यक्षहरुले न्यायिक समितिका गतिविधी र भोग्नु परेका समस्याहरु, प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानिय पन्जिकरण, योजना संञ्चालनका समस्या, कर्मचारी विचको समन्वय, सहजता, असहजता आदी विषयमा रिपोटिङ गरेका थिए ।
‘स्थानीय, प्रदेश र संघिय सरकारका सेवाप्रदायक कार्यालय विच समन्वय नभएको, सडक, खानेपानी, भवन, समेतका पूर्वाधार निर्माणमा ढिलासुस्ती भएका र कर्मचारी र जनप्रतिनिधी विचको समन्वयका विषयमा अनुभव आदान प्रदान र अवस्था विश्लेशण गरेका हौं’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘समन्वय वैठकबाट अवसर, चुनौति र समस्याहरुको पहिचान भएको छ । अव जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह चुस्त बनाउन र विकास निर्माणका कामलाई अगाडी बढाउने जिल्ला रणनिती बनाई अघि बढ्न सवै प्रतिवद्धता सार्वजनिक गरेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल