- Loading...
भलिबलकी अरुणालाई पिपल्स च्वाइस अवार्ड
- पुनहिल डट कम
- ४ साल अघि
- ४५७ पटक पढिएको

राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् ।
जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् ।
अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् ।
२७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्देकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हालिस गरेकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन्।
अरुणाले ईसेवा भोटबाट एक लाख ९४ हजार ७४७ मत पाएकी थिइन्। दोस्रो स्थानमा रहेका मण्डेकाजीले एक लाख ६ हजार ६७२ मत पाए। बास्केटबलकी सदिनाले ४२ हजार ७७४ मतम ल्याइन्। गौरिकाले तीन हजार २८२ र सावित्राले दुई हजार २६५ मत ल्याए।
म्याग्दीको बेनीमा जन्मीएकी अरुणाको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो।
त्यस्तै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि महिला भलिबल टिमले रजत जितेको थियो। साग इतिहासमा नेपाली महिला भलिबल टिमले फाइनल खेलेको यो पहिलो पटक हो । फाइनलमा भारतसँग दुई सेटको अग्रता लिएर पनि ऐतिहासिक स्वर्ण पदक जित्नबाट नेपाली महिला भलिबल टिम चुकेको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
