FLASH NEWS
  • Loading...

जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८६ पटक पढिएको
जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष

रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बिहीबार नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ । प्रिफेक प्रबिधिको सहायता कक्षको भवन र प्रहरी कार्यालय प्रवेशद्धारमा रहेको प्रयोगबिहिन पोष्टलाई मर्मत गरेर स्तनपान कक्ष निर्माण गरिएको हो । गाउँपालिकाको दुई लाख पचास हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६९५ रुपैयाँ आर्थिक सहयोगमा प्रहरी कर्मचारीहरुले श्रमदान गरेर कक्ष स्थापना गरेका हुन् ।
नागरिक सहायता, स्तनपानका साथै सरकारको तीन लाख पचास हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालयको भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विहिवार एक कार्यक्रम विच उद्घाटन गरे । प्रहरी कार्यालय र मातहतका इकाईको पुर्बाधार, प्रबिधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा ब्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको छ ।

सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्युटरको माध्यमबाट दैनिक रुपमा सेवाग्राहीको बिस्तृत बिवरण राखिने र सन्तुष्टिको मापनका लागि फारम भर्ने ब्यवस्था मिलाइएको प्रहरी नायब उपरिक्षक किरणजंङ्ग कुँवरले भने, ‘सहायता कक्षमा छुट्टै एक जना प्रहरी सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्न विश्वास गरेको छु ।’

कार्यसम्पादनमा जिल्लामा विवादरहित रही कुुँवर आज विहिवार नै एक वर्षे कार्यकाल पुरागरी सरुवा भै हेडक्वाटर गएका छन ।