FLASH NEWS
  • Loading...

मुस्ताङ्ग प्रवेश खुलेसँगै आन्तरिक पर्यटक बढ्दै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ५१० पटक पढिएको
मुस्ताङ्ग प्रवेश खुलेसँगै आन्तरिक पर्यटक बढ्दै

कोरोना कहरले ९ महिनादेखी बन्द हिमालपारीको मुस्ताङमा पर्यटककालागी खुल्ला गरिएसँगै आन्तरिक पर्यटक पुग्न थालेका छन ।
कोरोना संक्रमण प्रभाव न्यून परेको ‘ग्रीन जोन’ मुस्ताङ्गमा स्थानीयले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश रोक लगाएका थिए । लक डाउन हटेपनि मुस्ताङ्ग प्रवेशमा रोक लगाईदा सयौं पर्यटक विचबाटोमा अलपत्र परेको गुनासोपछि पुस २१ गतेदेखी मुक्तिनाथ समेत मुस्ताङ्ग आन्तरिक तथा बाह्य पर्यटक प्रवेश खुल्ल्ला गरिएको हो ।
मुस्ताङ्ग घुम्न अवरोध हटेसँगै बेनी, पोखरा, काठमाण्डौ समेतबाट आन्तरिक पर्यटकहरु मुस्ताङ् आउन थालेका हुन । बेनी स्थित पोखरा–बेनी–जोमसोम बस चलाउने यातायात ब्यवसायी मोहन केसीका अनुसार पछिल्लो हप्तादेखी बसमा दैनिक ५० जनाबढी टिकट विक्रि बढेको छ । अभिलेख नगरिएपनि निजी गाडी र मोटरसाईकलमा आउने पनि बढेका छन ।
‘यो मुस्ताङ्ग भ्रमण गर्ने अफ सिजन हो । अफ सिजन भएपनि लामोसमयदेखी मुस्ताङ्ग भ्रमण गर्न नपाएका आन्तरिक पर्यटक आउन थालेका छन’ थासाङ्ग गाउँपालिका, ४ घाँसा पर्यटन ब्यवस्थापन समितिका अध्यष विक्रम गौचनले भने, ‘अफ सिजनमा पाहुनालाई पो किन फर्काउनु भनेर आवश्यक स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै होटल खोल्ने निर्णय गरेका हौं । खासगरी युवा पर्यटकहरु मोटरवाईकमा आउने धेरै छन ।’
मुस्ताङमा मात्र होईन, म्याग्दीका पर्यटकीय गन्तब्य घोरेपानी/पुनहिल पदयात्रामा समेत आन्तरिक पर्यटक पुग्न थालेका छन । कोरोना संक्रमणको त्रासले स्थानीयले नयाँ र जोखिम क्षेत्रबाट आउनेलाई वस्ती प्रवेशमा रोक लगाएका थिए । अव अन्नपूर्ण चक्रिय मार्गका प्राय: सवै गन्तब्य खुल्ला भएका छन ।
पुनहिल पदयात्रामा आउने पर्यटकलाई मास्क अनिवार्य गरिएको छ । पाहुना होटल प्रवेश गर्दा थर्मल गनबाट ज्वरो नाप्ने र स्यानिटाईजर प्रयोग गरिने छ । खाना, खाजा सर्भिस गर्दा ब्यवसायीले मास्क, फेससिल र पन्जा प्रयोग गर्ने छन । पाहुना बस्ने टेवुल १० फिट फरकमा रहने तथा पाहुना वसेको कोठा कम्तीमा दुई रात खाली राखिने छ । त्यस्तै हरेक रात फरक–फरक तल्ला प्रयोग गर्ने ब्यवसायीले निर्णय गरेका छन ।
पर्यटककालागी होटल ब्यवसाय खुल्ला गरेसँगै आपतकालिन उपचारकालागी घोरेपानी स्थित सामुदायीक स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर र अन्य आवश्यक औषधीको जोहो गरेका छन ।
‘हामी र पाहुनालाई सुरक्षित रहन पर्यटक र ब्यवसायी दुवैले मास्क, स्यानिटाईजर समेतका उपायको पालना गराएका छौं’ घोरेपानीका पर्यटन ब्यवसायी टेकसर बुद्धुजाले भने, ‘अफ सिजन भएपनि आन्तरिक पर्यटकहरु आउन थालेका छन ।’
पुनहिल पदयात्राकालागी अफ सिजन भएकोले थोरै संख्यामा मात्र पर्यटक आउने भएकोले ब्यवस्थापन गर्न सजिलो हुने छ । पुनहिल दृश्यस्थलदेखी ४० मिनेट तल घोरेपानीसम्म मोटरवाटो पुगेकोले यो सिजनमा आन्तरिक पर्यटकहरु हिउँ खेल्न तथा हिमाल दृश्यावलोकनका लागी पुग्ने ब्यवसायीको अनुमान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल