सरकारद्वारा माघ १ मा सार्वजनिक बिदा दिने निर्णय

२७ पुष २०७७, सोमबार १८:०५ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।