FLASH NEWS
  • Loading...

शेयर बजारमा नयाँ रेकर्ड, ४१.२४ अंकले वृद्धि

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२९ पटक पढिएको
शेयर बजारमा नयाँ रेकर्ड, ४१.२४ अंकले वृद्धि

आज आइतबार साताको पहिलो दिन शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से २२३५.७२ अंकले माथि उक्लिएर अडिएको छ । आज शेयर खरिदबिक्रीमा पनि बढोत्तरी देखिएको छ ।

नेप्से परिसूचक आज ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा अडिएको हाे भने नेप्से १.८८ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले वृद्धि भई ४२८.४३ अंकमा रहेको छ । आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका १२ उपसमूमा ११ वटाको शेयर बढेको छ भने एउटाको घटेको छ । आज कारोबारको आधारमा प्रभु बैंकले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीको ४० करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।