नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्ष बनाएको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्ष बनाउँने र आलोपालोमा बरियता फेर्ने सहमति गरेको छ । नेपाल अध्यक्ष नै हैनन् सम्म भन्ने समाचार आएपछि यो सच्याइएको हो ।
आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही पनि दुई नम्बर भन्ने छै छैन दुवै एक नम्बर हुनुहुन्छ’ तर आलोपालो गरेर अध्यक्षता गर्ने सहमति छ । यसैले अहिले माधब नेपाल अध्यक्ष हुनुहुन्छ उनले बताए ।