FLASH NEWS
  • Loading...

सडकमा रहेका छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८४ पटक पढिएको
सडकमा रहेका छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण

बेनी बजारको सडकमा छाडा रहेका कुकुरको ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न बेनीमा बन्ध्याकरण शिविर सुरु गरिएको छ।

कुकुरको आतंक रोक्न केन्द्रिय रिफरल पुश चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबार र आईतबार भुस्याहा कुकुरको बन्ध्याकरण शिविर राखिएको हो । भुस्याहा कुकुरले सडकमै बर्षको दुईचोटी बच्चा जन्माउँदा कुकुरको संख्या बढ्दै गएपछि नियन्त्रणका लागि सामुदायिक कुकुर बन्ध्याकरणबाट कुकुरको संख्या घटाउने र रेविज रोगलाई नियन्त्रण गर्न खोप लगाउने कार्यक्रम आयोजना गरिएको केन्द्रिय रिफरल पुश चिकित्सालय त्रिपुरेश्वरका पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताए ।

सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन शिविर राखिएको छ । सडकमा रहेका छाडा कुकुरलाई नियन्त्रणमा ल्याउने एम्वुलेसहित ९ जनाको प्राविधक टोली आएको छ । बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने शिविरमा कुकुर ल्याउन बेनी नगरपालिकाले आग्रह गरेको छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सडक कुकुर न्युनीकरण र बर्ष २०३० सम्ममा रेविज रोगलाई न्युनिकरण गर्नका लागि खोप लगाउने कार्यलाई तिव्रता दिएको छ ।

कुकुर मार्न नमिल्ने भएकाले र बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले २५ र २६ गतेको शिविरबाट एकसय भन्दा बढी छाडा र घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज खोप लगायतको उपचार गरिने केन्द्र प्रमुख डाक्टर इन्द्रबहादुर भट्टले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल