- Loading...
सडकमा रहेका छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण
- पुनहिल डट कम
- ३ साल अघि
- १२८ पटक पढिएको
बेनी बजारको सडकमा छाडा रहेका कुकुरको ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न बेनीमा बन्ध्याकरण शिविर सुरु गरिएको छ।
कुकुरको आतंक रोक्न केन्द्रिय रिफरल पुश चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबार र आईतबार भुस्याहा कुकुरको बन्ध्याकरण शिविर राखिएको हो । भुस्याहा कुकुरले सडकमै बर्षको दुईचोटी बच्चा जन्माउँदा कुकुरको संख्या बढ्दै गएपछि नियन्त्रणका लागि सामुदायिक कुकुर बन्ध्याकरणबाट कुकुरको संख्या घटाउने र रेविज रोगलाई नियन्त्रण गर्न खोप लगाउने कार्यक्रम आयोजना गरिएको केन्द्रिय रिफरल पुश चिकित्सालय त्रिपुरेश्वरका पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताए ।
सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन शिविर राखिएको छ । सडकमा रहेका छाडा कुकुरलाई नियन्त्रणमा ल्याउने एम्वुलेसहित ९ जनाको प्राविधक टोली आएको छ । बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने शिविरमा कुकुर ल्याउन बेनी नगरपालिकाले आग्रह गरेको छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सडक कुकुर न्युनीकरण र बर्ष २०३० सम्ममा रेविज रोगलाई न्युनिकरण गर्नका लागि खोप लगाउने कार्यलाई तिव्रता दिएको छ ।
कुकुर मार्न नमिल्ने भएकाले र बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले २५ र २६ गतेको शिविरबाट एकसय भन्दा बढी छाडा र घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज खोप लगायतको उपचार गरिने केन्द्र प्रमुख डाक्टर इन्द्रबहादुर भट्टले बताए ।