FLASH NEWS
  • Loading...

प्रचण्ड–माधव समूहमा पहिलो बरियताको अध्यक्ष माधव नेपाल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५१ पटक पढिएको
प्रचण्ड–माधव समूहमा पहिलो बरियताको अध्यक्ष माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्ष बनाएको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्ष बनाउँने र आलोपालोमा बरियता फेर्ने सहमति गरेको छ । नेपाल अध्यक्ष नै हैनन् सम्म भन्ने समाचार आएपछि यो सच्याइएको हो ।

आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही पनि दुई नम्बर भन्ने छै छैन दुवै एक नम्बर हुनुहुन्छ’ तर आलोपालो गरेर अध्यक्षता गर्ने सहमति छ । यसैले अहिले माधब नेपाल अध्यक्ष हुनुहुन्छ उनले बताए ।

यो पुष्पकमल दाहाल ‘प्रचण्ड’कै प्रस्तावमा नेपाल पहिलो र प्रचण्ड दोस्रो बरियतामा रहेर बैठक बसेको थियो । तर, अर्को बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन् र उनी नै पहिलो बरियतामा हुनेछन् । उनीहरुको आलोपालो भनेको हरेक बैठकपछि बरियता फेरिनेछ ।