FLASH NEWS
  • Loading...

राहुघाट आयोजनाका मजदुर काममा फर्किए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
राहुघाट आयोजनाका मजदुर काममा फर्किए

|/x'3f6 hnljw'tsf] k|];/;fkm{ elTsof] M DofUbLsf] /3'u+uf ufp“kflnsf, # lkKn]sf] ltNs]gL l:yt lgdf{0fflwg $@ d]ufjf6 Ifdtfsf] /fx'3f6 hnljw't cfof]hgfsf] kfj/xfp; /xg] :yfgsf] k|];/ ;fkm{ eTs]kl5 sfd /f]lsPsf] 5 . cfof]hgfn] k|];/ ;fkm{ tkm{sf] sfd /f]s]/ cl86 # / $ af6 6g]nsf] sfd eg] oyfjt /fv]sf] hgfPsf] 5 . t:jL/ M 3gZofd v8sf÷sflGtk'/

समयमा पारिश्रमिक नपाएको, परिचय पत्र र विमा सुनिश्चित नभएको भन्दै दुई दिनदेखी आन्दोलनरत निर्माणाधिन ४२ मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाका मजदुर शुक्रवारदेखी काममा फर्केका छन ।
ठेकेदार कम्पनी जयप्रसाद एसोसियट (जेपी)ले एक हप्ता भित्र सवै मजदुरको पारिश्रमिक दिने, विमा कागज, परिचय पत्र र कर्मचारी भलाई कोष कट्टी भएको कागज मजदुरको हातमा पुर्‍याउने लिखित प्रतिवद्धतापछि मजदुरहरु शुक्रवार अवेरदेखी काममा फर्केका हुन । निर्माणाधिन ४२ मेवा क्षमताको राहुघाट जलविधुत आयोजनामा ४ सय भारतिय र १ सयबढी नेपाली मजदुर कार्यरत रहेका छन । करिव ३ महिनादेखी पारिश्रमिक नभएको भन्दै बुधवारदेखी भारतिय मजदुरहरुको सर्मथनमा नेपाली मजदुरले निर्माण रोकेका थिए ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको संयोजनमा मजदुर प्रतिनिधी, ठेकदार कम्पनीका म्यानेजर र आयोजना प्रर्वद्धक रहेको विधुत प्राधिकरणका प्रतिनिधीको संयुक्त वैठकमा मुख्य ठेकदार कम्पनीका म्यानेजर एसएनलाल गौरले प्रतिवद्धता जनाएका हुन ।
‘आयोजनाका मजदुर, प्रर्वद्धक विधुत प्राधिकरण र ठेकेदार कम्पनीका जिम्मेवार प्रतिनिधी राखेर सहमति गरिएको छ । सहतिपछि मजदुर काममा फर्केका छन, ठेकदार कम्पनीले एकहत्पा भित्र मजदुरको सवै माग सम्बोधन गर्न प्रतिवद्धता जनाएका छन’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘बैठकमा मुख्य सरोकारवाला निकाय ठेकदार कम्पनीले मजदुरहरुले छलफल र माग टेवुल नगर एक्कासी काम वन्द गराएका गुनासो गरेको थियो ।
विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको वहुप्रतिक्षित रहुघाट जलविधुत आयोजनाको भारतिय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटस मार्फत सिभिल तथा हाईड्रमेकानिकल तर्फको काम भैरहेका छ । त्यसैगरी आयोजनाको विधुत गृह भित्रका उपकरण, स्वीचार्ड उपकरण जडान, आपुर्ति र ढुवानी गर्नेगरी इलेक्ट्रोनिकल तर्फ काम गर्न भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)ले ठेक्का दिईएको छ ।
०७५ जेठबाट नोटिस टु प्रोसिडर पाएको ठेकदारले ४५ महिना भित्र आयोजना सम्पन्न गर्ने सम्झौता छ । भारतिय एक्जिम वैंको ऋण लगानीमा नेपाल विधुत प्राधिकरणको सव कम्पनी रघुगंगा हाईड्रो पावर लिमिटेडले राहुघाट जलविधुत आयोजना निर्माण गरिरहेको छ । अर्ध जलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ । नयाँ मोडेल अनुसार रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।
नेपाल विधुत प्राधिकरणले रहुघाट जलविधुत आयोजनाले २०६५ देखी सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेको हो । ऋणको सर्त अनुसार नै प्राधिकरणले २०६७ कात्तिकमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतिय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडलाई ठेक्का दिएको थियो । आईभिआरसिएलले काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा सम्झौता टर्मिनेट (भङ्ग) गरी नयाँ ठेकदार नियुक्त गरेको थियो ।