- Loading...
कोरोना लुकाउँदा निमोनियाको खतरा, विज्ञ भन्छन्- फोक्सो ड्यामेज भए बाँचेको अर्थ हुन्न
- पुनहिल डट कम
- ४ साल अघि
- २५६ पटक पढिएको

एक व्यक्ति छाती दुख्ने, कडा खालको खोकी, श्वास फेर्न गाह्रोलगायतका समस्या लिएर अस्पताल गए। चेकअपका क्रममा उनमा निमोनिया देखियो। छातीको एक्सरे गरेर हेर्दा फोक्सोमा समस्या देखियो। उनी चेकअपका लागि अस्पताल जानुभन्दा १० दिन पहिलादेखि नै समस्या रहेछ।
सबै चेकजाँच गर्दा निमोनिया देखियो। जुन गम्भीर अवस्थामा पुगिसकेको थियो। उनमा कोरोनाको लक्षण हुँदा पनि सामान्य रूघाखोकी भन्दै बेवास्ता गरेका रहेछन्।
“सामान्य रूघाखोकी नै हो भनेर लुकाउँदा १० देखि १४ दिनपछि झन् समस्या देखाउँछ। त्यसपछि चेकअप गराउँदा निमोनिया भएको देखिन्छ। यो पीसीआर परीक्षण नगरेर बस्दाको असर हो।” डा. शेरबहादुर पुनले भने।
अहिले धेरैजसोमा यस्तो खालको समस्या पाउन थालेका छन्। कोरोनालाई बेवास्ता गर्दा अन्तिममा आएर फोक्सोमा नै समस्या हुने गरेको छ।
सुरूमा परीक्षण नगरेर अन्तमा परीक्षण गराउँदा कोरोनाले जटिल अवस्था ल्याइसक्ने छ।
निमोनिया सबैभन्दा गम्भीर अवस्था भएको भन्दै डा. पुनले भने, “कोरोना छैन, भनेर लापरवाही गर्दा फोक्सो नै ड्यामेज पारेको हुन्छ। त्यसरी फोक्सो नै खराब हुनु भनेको मानिसमा गम्भीर खालको समस्या निम्तिनु हो।”
फोक्सो नै खराब भएका मानिसले जीवनभर मरेतुल्य हुने उनको भनाइ छ। उनले भने, “फोक्सोमा निमोनिया भयो भने मान्छे नमरे पनि उसको जिन्दगी राम्रो हुँदैन। अक्सिजन दिएर बचायो भने त्यो मान्छे मर्नु र बाँच्नुमा केही फरक पर्दैन। कोरोनाले त्यस्तो अवस्था बनाउँछ।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
