FLASH NEWS
  • Loading...

प्रचण्डको सूर्य चिन्ह मोह नक्कली, युवाले प्रचण्डको मुकुण्डो उतार्नु पर्छ– नेता बस्नेत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७० पटक पढिएको
प्रचण्डको सूर्य चिन्ह मोह नक्कली, युवाले प्रचण्डको मुकुण्डो उतार्नु पर्छ– नेता बस्नेत

नेकपाको ओली समुहका युवा विद्यार्थीले मंगलवार शक्ति प्रर्दशन गरेका छन ।

ओली समुहले गाउँगाउँबाट सयौंको संख्यामा वस, जीप र मोटरसाईकलमा युवा विद्यार्थीलाई सदरमुकाम उतारेका थिए । खासगरी ओली समुहले प्रचण्ड–माधव समुहका नेता रहेका गाउँवस्तीबाट सकेसम्मबढी युवा आफ्नो पक्षमा परिचालन गरेको युवा परिचालन संयोजक विजय घर्तीले सुनाए ।

ओली समुह आवद्ध युवा संघ नेपालको आयोजनामा सदरमुकाम बेनीमा आयोजित युवा भेलालाई नेकपा केन्द्रीय सदस्य एवं युवा नेता महेश वस्नेतले सम्बोधन गरेका थिए । तत्कालिन माओवादी केन्द्र र उसको युवा संगठन वाईसिएलको एक्लो दवदवामा अचेटिएको एमाले र नेपाली राजनितीलाई ०६४–०६५ तिर यीनै महेसले युर्थ फोर्स वनाई प्रतिवाद गरेका थिए । यही युथ फोर्सको वलमा टेकेर नेकपा एमालेले विस्तारै शक्ति संञ्चय गर्दै दोस्रो ठूुलो दल वन्न सकेको थियो ।

भेलालाई सम्बोधन गर्दै नेता वस्नेतले भने, ‘प्रचण्डको सूर्य चिन्ह प्रतिको मोह नक्कली हो । प्रचण्ड एमालेसँग मिलेर आफ्नो हैसियत सुरक्षित गरी केही ब्यक्ति लिएर गएका छन। यीनी पवित्र मनले एमालेसँग एकता गरेकै थिएनन नत्र एकता प्रकृया टुङ्गो नहुँदै पार्टी फुटाउन उद्दत हुने थिएनन’ नेता बस्नेतले थपे, युवाहरुले नेकपा नेतृत्वको सरकार कमजोरपारी नेपाली कम्युनिष्ट आन्दोलनलाई नै असफल सिद्ध गर्न प्रचण्ड समुह लागेको छ । युवा विद्यार्थीले हिजो झै फेरी प्रचण्ड–माधव समुहलाई ट्रयाकमा ल्याउनु पर्ने छ ।’  नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालय कब्जा, बैंक खाता रोक्का गर्ने जस्ता कार्य गरेमा सह्य नहुने चेतावनी दिए ।

युवा भेलालाई विघठित प्रतिनिधी सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि म्याग्दीलाई हिमाली जिल्लाको सूचीमा राख्न पहल गरेको, अन्नपूर्ण बेसक्याम्पको पदमार्गमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको रुईसे, पुनहिल, तातोपानी कुण्ड, महरेडाँडालगायत पर्यटकीय क्षेत्रको विकासका साथै जिल्लामा सडक, खानेपानीको विकासमा जोड दिएको सुनाए ।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नवराज शर्मा, माधव बाँस्तोला, हरिकृष्ण श्रेष्ठ र सन्तोष रावलले संघका केन्द्रीय सदस्य दिनेश केसी, भोजबहादुर थापा, नेकपा रघुगंगा गाउँपालिका अध्यक्ष दिपक बिखर्ची, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, सावित्री केसी, युवा संघका जिल्ला सदस्य विजय घर्तीले मन्तव्य राखे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल