कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाईन ९० प्रतिशत पुरा, धमाधम उपकरण परिक्षण हुँदै

२१ पुष २०७७, मंगलवार १५:५२ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने २२० केभिए प्रसारण लाईन निर्माण अन्तिम परिक्षण भैरहेको छ ।
अहिले प्रशारण लाईनको दाना र कुस्मा सवस्टेसनमा उपकरणहरुमा प्रयोग भएका हरेक पार्ट–पार्टको छुट्टाछुट्टै परिक्षण पुरा भै ट्रान्सफर्मर, स्वीच गियर, ब्रेकरिङको परिक्षण भैरहेको छ । त्यसैगरी दाना–कुस्मासम्मको ४२ किमी खण्डका १ सय १४ टावरहरुमा इन्सुलिङ, अर्थिङ समेत परिक्षण भैरहेकोले समग्रमा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
‘प्रशारण लाईनका सवै संरचनामा प्रयोग हुने हरेक उपकरणका पनि प्रत्यक पार्टपुर्जाको परिक्षण हुनु पर्ने भएकोले बढीमा १ महिनाभित्र कालीगण्डकीमा उत्पादित विधुत केन्द्रीय ग्रिडमा जोड्छौं’ कालीगण्डकी करिडोर २२० केभिए प्रशारण लाईन आयोजना प्रमुख चन्दन घोषले भने, ‘आयोजनाको फाईनल रिपोर्ट भने मुख्य परामर्शदाताले दिनु पर्ने भएकोले भारितिय मरामर्शदाताले १५ दिनभित्र निरिक्षण गर्ने कार्यसूचि रहेको छ ।’
प्रशारण लाईन निर्माणसँगै कालीगण्डकी कालीगण्डकी करिडोरमा निर्माण भै अलपत्र बसेका निजी क्षेत्रबाट निर्मित अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, सोही ठाउँको घलेम्दी खोलामा निर्मित ५ मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङमा निर्माण भएको १३.६ मेगावाटको थापाखोलाको समेत ६०.६ मेगावाट विधुत केन्द्रीय ग्रीडमा जोडिने छ ।
‘२२० केभिए कालीगण्डकी प्रशासरण लाईन जति छिटो चार्ज हुन्छ, हाम्रो ब्यवसायीक उत्पादन दिन पनि उत्तिनै छिटो हुन्छ । हामी कालीगण्डकी करिडोर प्रशारण लाईनकै प्रतिक्षामा छौं’ मिस्त्रीखोला जलविधुत आयोजनाका प्रमुख निर्देशक सुव्रत धितालले भने, ‘हाम्रो र एनईएको प्रशारण लाईनको परिक्षणमा कुनै समस्या नआएमा दुई महिना भित्र मिस्त्रीखोलाबाट ब्यवसायीक विधुत उत्पादन हुन्छ ।’
विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो । एक बर्ष म्याद थप गर्दापनि आयोजनाले काम पुरा गर्न नसकेको हो । समयमै आयोजना सम्पन्न लागत बढेको मात्र छैन, त्यस क्षेत्रमा निर्मित विधुत आयोजनाको विजुली पनि खेर गैरहेको छ ।
मुस्ताङ्ग/म्याग्दी समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लुङ्ग जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोट–बर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।
कालीगण्डकी करिडोर प्रशारण वनेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन घारखोला १४ मेवा, निलगिरी ३८ मेवा, रेलेखोला ६ मेगावाट कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, कोवाङ–कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङ्गखोला २५ मेगावाट विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।