- Loading...
गुराँशे जंगलमा लागेको डढेलो ८ दिनपछि नियन्त्रण्मा
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत कास्की र म्याग्दीको सीमा क्षेत्रको घान्द्रुक देउराली वरपरको लालीगुराँशको जंगलमा लागेको भिषण डढेलो ८ दिनपछि नियन्त्रण्मा आएको छ ।
एक्याप घान्द्रुक कार्यालयका अनुसार डढेलो नियन्त्रण गर्न शुक्रवार प्रहरी समेत म्याग्दीको घोरेपानीबाट २५ जना, खिवाङबाट २२ जना, चित्रेबाट २८ जना तथा कास्कीको घान्द्रुकबाट २० जना, छोम्रोङबाट १५ जना, दानसिंबाट १२ जनागरी एक सय २५ जनाबढीले ५ दिनको अथक प्रयासमा सोमबार दिउँसो डढेलो नियन्त्रण्मा आएको हो ।
‘संरक्ष क्षेत्रका जागरुक पर्यटन ब्यवसायी, स्थानीय र प्रहरीको चुनौतिपूर्ण प्रयासमा डढेलो नियन्त्रण्मा आएको छ’ एक्याप घान्द्रुक कार्यालय प्रमुख शेलेन्द्र यादवले सुनाए ।
एक्यापको अभिलेख अनुसार घान्द्रुक–घोरेपानीसम्म फैलिएको जंगल क्षेत्र संसारकै सर्वाधिक ठूलो लालीगुराँशको जंगल हो । डढेलोले यस क्षेत्रमा पाईने संकटासन्न प्रजातिका हिमाली कालो भालु र चरी वाघको वासस्थान थप संकटमा परेको छ । यी वाहेक चितुवा, मृग समेतका वन्यजन्तुको वासस्थान संकटमा परेको छ । विश्व प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट गन्तब्य, घान्द्रुक–घोरेपानी पदमार्ग क्षेत्रमा डढेलो लागेको थियो ।
कास्की र म्याग्दीका दुवै अन्नपूर्ण गाउँपालिकाको सीमावर्ती क्षेत्रको कास्की क्षेत्रबाट वाक्लो लालीगुराँश, सल्लो र निगालाको घना झाडी रहेको जंगलमा पुस १२ गतेदेखी डढेलो सुरु भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
