- Loading...
दक्षिण कोरियामा जन्म दरभन्दा मृत्यु दर बढी, किन जन्माउँदैनन् कोरियनहरू बच्चा?
- पुनहिल डट कम
- ४ साल अघि
- ४७३ पटक पढिएको

बीबीसी। बितेको वर्ष दक्षिण कोरियामा जन्म लिनेको संख्याभन्दा मृत्यु हुनेको संख्या बढी देखिएको छ। सन् २०२० को यो आँकडाले दक्षिण कोरियाको चिन्ता बढाएको छ।
दक्षिण कोरिया पहिलेदेखि नै विश्वमा सबैभन्दा कम जन्मदर हुने राष्ट्र थियो। तर गत वर्ष जन्म दरभन्दा मृत्यु दर बढी भएपछि भने कोरियालाई ‘सन्तुलन’ मिलाउन कठिन हुने देखिएको छ।
वर्ष २०२० मा कोरियामा मात्र २ लाख ७५ हजार ८०० बच्चाको जन्म भएको छ। यो संख्या सन् २०१९ को तुलनामा १० प्रतिशत कम हो। गत वर्ष कोरियामा ३ लाख ७ हजार ७६४ जनाको मृत्यु भएको थियो। पछिल्लो वर्षको आँकडाले दक्षिण कोरियालाई आफ्नो नीतिमाथि गम्भीर भएर समीक्षा गर्न बाध्य बनाएको छ। दक्षिण कोरियाको गृह मन्त्रालयले आफ्नो नीतिमा फेरबदल गर्नुपर्ने औंल्याइसकेको छ।
देशको घट्दो जनसंख्याले दक्षिण कोरिया सरकारलाई ठूलो दवाब सृजना गरेको छ। दक्षिण कोरियामा पछिल्ला वर्षहरूमा वृद्ध–वुद्धाको संख्या अधिक हुँदा स्वास्थ्य सेवा तथा पेन्सनमा अधिक राजस्व खर्च हुने गरेको छ। यसले पनि कोरिया सरकारको तनाव बढाएको छ। अझ जन्मदर कम हुँदा युवाहरूको संख्यामा कमी आई देशमा कामदारको अभावसमेत सृजना भएको छ।
यी सबै कारणले कोरियाको अर्थव्यवस्थामा प्रत्यक्ष प्रभाव पारेको छ। गत वर्ष राष्ट्रपछि मून जोईले कम जन्मदरसँग लड्न केही नीतिहरू सार्वजनिक गरेका थिए, जसमा परिवारलाई नगद पैसा उपलब्ध गर्नेसम्मको प्याकेज थिए। नयाँ नीतिमा सन् २०२२ बाट प्रत्येक जन्म लिने बच्चाको आमाबाबुलाई २० लाख कोरियन वान उपलब्ध गर्ने उल्लेख छ। यसको अलवा एक वर्षको उमेरसम्म प्रति महिना तीन लाख वान दिइनेछ। सन् २०२५ बाट यो रकम बढाएर पाँच लाख वान बनाउने जनाइएको छ।
दक्षिण कोरियामा ठूलो संख्यामा महिलाहरू काम र जीवनको दोस्रो आवश्यकताबीच सन्तुलन बनाउन सकिरहेका छैनन्। यो समस्याबाट उनीहरू लामो समयदेखि जुधिरहेका छन्। दक्षिण कोरियामा जन्मदर कम हुनुको अर्को कारण मानिएको छ– महंगी। महंगीका कारण लालनपालनमा समस्या हुने भएपछि धेरैले बच्चा नजन्माउने गरेको अनुसन्धानहरूले देखाएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
