- Loading...
प्रदेश १ लाई प्रधानमन्त्री कपको उपाधि
- पुनहिल डट कम
- ४ साल अघि
- ३३१ पटक पढिएको

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ ।
आईतबार भएको फाईनलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।
१ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । ३२ रन बनाउन एपीएफले ५ विकेट गुमाएर खराब सुरुवात गरेको थियो । ओपनर ज्योती पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शुन्य रनमा आउट भईन् । इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाईन् ।
ममता चौधरी र करुणा भण्डारीले छैटौ विकटका लागि ६४ रनको योगदान गर्दै एपीएफलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित बन्यो । प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २ विकेट लिए । संगिता राईको नाममा एक विकेट रह्यो ।
यसअघि, दाङ्गको लमहीमा प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् ।
यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् । एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् । करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
