FLASH NEWS
  • Loading...

अरुणा शाहीलाई पल्सर स्पोर्टस अवार्ड जिताउन म्याग्दीमा भोट अभियान सुरु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४० पटक पढिएको
अरुणा शाहीलाई पल्सर स्पोर्टस अवार्ड जिताउन म्याग्दीमा भोट अभियान सुरु

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस मनोनयमा परेकी राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जिताउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ ।

जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला भलिबल टिमको कप्तानी सम्हाल्दै आएकी शाही पिपुल्स च्वाइस अवार्ड कालागी छनौटमा परेकी छिन । आइतवार बेनीमा पत्रकार सम्मेलन गरि संघले फेसबुक र ईसेवाबाट भोट गरि शाहिलाई बिजेता गराउनका लागि सक्रिय सहयोग गर्न अपिल गरेको छ ।

संघले गत पुस १६ गतेदेखि नै बेनीमा शाहीलाई अवार्ड बिजेता गराउन भोट संकलन अभियान सञ्चालन गरिसकेको छ । अभियानको सुरुआत गर्दैबेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले शाही जिल्लाकै गौरब र गहना भएकाले सक्दो भोट गरि बिजयी गराउन आग्रह गरेका छन ।